दुई आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियामा सुझाव माग

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन माग गरेको छ ।

छानबिन आयोग र मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले यही कात्तिक ११ गते निर्णय गर्दै उक्त दुई आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रिया, २०८१ को मस्यौदामा ४८ घण्टाभित्र रायसुझाव तथा प्रतिक्रिया दिन माग गरेको हो ।

उक्त निर्णय बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको वेबसाइटमा यही कात्तिक १२ गते प्रकाशन गरिएको छ । साथै उक्त मस्यौदा मन्त्रालयको सूचना पाटीमासमेत प्रकाशन गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

मस्यौदाउपर यही कात्तिक १४ गतेभित्र समितिको सचिवालय (कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय) वा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको इमेल वा सत्यनिरुपण तथा मेलमिलाप आयोगको इमेल वा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको इमेलमार्फत राय, प्रतिक्रिया उपलब्ध गराउन सकिने व्यवस्था गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शाखा अधिकृत रामकृष्ण पाठकद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

  • Related Posts

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 94 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 14 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 132 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 39 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 40 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 37 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा