द डेली स्टारका सम्पादक भन्छन्- भिव्यक्ति स्वतन्त्रताभन्दा व्यक्तिगत सुरक्षाको विषय ठुलो भयो

बंगलादेशको मिडिया डेली स्टारका सम्पादक महफुज अनामले पत्रकारहरूको व्यक्तिगत सुरक्षाको बारेमा चिन्ता अब अभिव्यक्ति स्वतन्त्रताको मागभन्दा बढी भएको बताएका छन् । द डेली स्टारको कार्यालयमा भएको आक्रमणपछि उनले यस्तो बयान दिएका हुन् ।

बंगलादेशमा, विद्यार्थी नेता उस्मान हादीको हत्यापछि भएको हिंसामा दुई मिडिया संस्थाहरू, द डेली स्टार र प्रथम आलोको कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।

प्रथम आलोका अनुसार, द डेली स्टारको कार्यालयमा भएको आक्रमणको बारेमा बोल्दै महफुज अनामले कम्तिमा २६-२७ पत्रकारहरू छतमा फसेको र दमकल सेवालाई उनीहरूसम्म पुग्नबाट रोकिएको बताए ।

उनले भने- ‘हामीले सामाजिक सञ्जालमा देखेका छौं, मानिसहरूले द डेली स्टार र प्रथम आलोका पत्रकारहरूलाई उनीहरूको घरमा फेला पारेर मार्नुपर्छ भनिरहेका छन् ।’

घटनालाई ‘क्रूर’ भन्दै महफुज अनामले यसले पत्रकारहरूको व्यक्तिगत सुरक्षाको मुद्दालाई अगाडि ल्याएको बताए । उनले पत्रकारहरूलाई आफ्नो जीवनको सुरक्षाको माग गर्न एकजुट हुन अपील गरेका छन् ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 63 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 23 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 38 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 30 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 29 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 33 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची