धनुषाबाट करिब ४७५ किलो गाँजासहित २ जना पक्राउ

धनुषा । धनुषाको विदेह नगरपालिका-३ जोगियाराबाट अवैध लागूऔषध गाँजा ४ सय ७५ किलोग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ बस्ने २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । वीरेन्द्रबजारबाट आउँदै गरेको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले गणेशमान चारनाथ नगरपालिका-४ वीरेन्द्रबजारस्थित सडकमा रोकी राखेको अवस्थामा उक्त गाडी फेला पारी चालक बिराज र सहचालक १८ वर्षीय किशोरलाई नियन्त्रण लिएको थियो । साथै थप अनुसन्धानको उनीहरूले धरानबाट उक्त गाडीमा लागूऔषध गाँजा ल्याई विदेह नगरपालिका-३ जोगियारास्थित ईट्टा भट्टामा राखेको भन्ने खुल्न आएपश्चात उक्त स्थानबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • Related Posts

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् । सोमबार भएको भेटमा नयाँ सरकारमा पार्टीका प्राथमिकता…

    देश विदेशका प्रमुख २० समाचार

    १- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् । सोमबार भएको भेटमा नयाँ सरकारमा पार्टीका प्राथमिकता तथा…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    • April 20, 2026
    • 67 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    • April 20, 2026
    • 62 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    • April 20, 2026
    • 28 views
    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता
    देश विदेशका प्रमुख २० समाचार

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 60 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 30 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो