धानखेत मासेर किसानले थाले किबीखेती

बागलुङ । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने किबीप्रति बागलुङका किसानको आकर्षण छ। काठेखोला गाउँपालिका-५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गरेका छन्।

गत वर्ष ५०० केजी किवी बजार पठाएका उनको किवी बगैँचामा योपटक दोब्बर बढी उत्पादन भएको छ। गत वर्षदेखि उत्पादन दिन थालेको किवी वार्षिकरूपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ।

किबीको मूल्य क्रमशः घटे पनि उत्पादन बढेको कँडेलको भनाइ छ। उनीजस्ता सयौँ किसानले किबीलाई प्राथमिकतामा राखेर खेती गर्न थालेका छन्। प्रतिकेजी ३०० मा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन्।

‘सुरुमा बढी मेहनत लाग्छ। २०७७ सालमा लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थाल्यो। अघिपछि स्याहार गरिरहन पर्दैन, जागिर तथा अन्य काम गरेर पनि खेती गर्न सकिन्छ’, उनले भने, ‘कोरोनाकालमा बाँझो बारीलाई सदुपयोग गर्न लगाएको किबीले वर्षभरिको घर खर्च पुगे भइहाल्यो। कोदो जम्मा आठ-दश मुरी मात्र फल्थ्यो पहिला त्यही बारीमा।’

बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीका रूपमा किबीलाई लिन थालेपछि यहाँका किसान उत्साहित भएका छन्। कँडेलले यो वर्ष रु तीन लाख बढीको किवी बिक्री गर्ने लक्ष्य राखेका छन्।

पछिल्लो समय बसाइसराइका कारण बाँझो जग्गा बढ्दै गएको, खेतीयोग्य अन्य जग्गामा काम गर्ने जनशक्ति अभाव छ। त्यसैले पनि जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किवी बनेको छ। काठेखोला गाउँपालिका-७ रेशका वडाध्यक्ष प्रेम लामिछाने यस वर्ष २० क्विन्टल किवी फलेको बताए। उनले बजारीकरणका लागि स्थानीय तहलाई नीति बनाउन सुझाव दिएको बताए।

‘२० क्विन्टल किवी फलेको छ, एकैपटक बजारमा पुग्दा बिक्री नहुन सक्छ, कम्तीमा एक महिना राखेर बिक्री गर्न सके राम्रै आम्दानी हुन्छ’, उनले भने, ‘एकपटक लगाउने, समय-समयमा हेरचाह गर्ने र थाक्रो व्यवस्थापन गरेपछि सहजै किवी फल्छ, तरकारीखेतीलाई जस्तो स्याहार गर्नु पर्दैन, फुर्सदको समय उपभोग पनि हुने आम्दानी पनि हुन्छ।’

उत्पादन बढेपछि ६०० रुपैयाँ पर्ने किबीको मूल्य भने घटेर ३०० प्रतिकेजीमा झरेको छ। गाउँ-गाउँमा उत्पादन भएको किवी अहिले बागलुङ बजारमा देखिन थालेको छ। केही वर्ष पहिलासम्म आयात गरेको किवी बिक्री गर्दै आएका यहाँका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँ-गाउँमा उत्पादन भएको किवी बिक्री गर्न भ्याइनभ्याइ भएको बताउँछन्।

बागलुङ नगरपालिका-८ सिगानाका पूर्ववडाध्यक्ष जितबहादुर जिसीले धानखेत मासेर सुन्तला र किबीखेती गरेका छन्। आफू वडाध्यक्ष हुँदा किसानलाई फलफूलखेतीमा आकर्षण गर्न आफैँले शुरु गरेको उनले बताए।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 41 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 60 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 119 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 136 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 80 views