नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथा आरोहणमा नयाँ किर्तिमान बनाएकोमा कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले दुवै आरोहीलाई बधाई दिदै उनीहरूले फेरि विश्वलाई नेपालको क्षमता, साहस र धैर्यको परिचय दिएको बताएका हुन् ।

विश्वविख्यात आरोही कामीरिता शेर्पाले आज बिहान १० बजेर १२ मिनेटमा ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः कायम गरेका छन् । त्यस्तै ‘माउन्टेन क्विन’ भनेर चिनिने लाक्पा शेर्पाले बिहान ९ बजेर ३० मिनेटमा ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक शिखर चुम्ने विश्व कीर्तिमान बनाएकी छन् ।

प्रधानमन्त्री शाहले दुबै आरोहीको उपलब्धिलाई ऐतिहासिक भन्दै बधाई दिएका छन् । उनले यस्तो सफलता निरन्तरको साहस, अनुशासन र समर्पणबाट मात्र सम्भव हुने बताएका छन् ।

उनले शेर्पा समुदायको योगदानलाई पनि विशेष रूपमा स्मरण गर्दै उनीहरूलाई हिमाली पर्यटनको मेरुदण्डका रूपमा वर्णन गरेका छन् । प्रधानमन्त्रीका अनुसार शेर्पाहरूको ज्ञान, श्रम र साहस बिना नेपालको पर्वतारोहण इतिहास अधुरो रहनेछ ।

यो उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई थप विश्वसनीय र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

  • Related Posts

    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १७ असार । वडा प्रहरी कार्यालय, बिर्ता ले मंगलबार साँझ करिब ०६:०० बजेको समयमा बीरगञ्ज महानगरपालिका वडा नं. ०९, भुतबंगला नजिक सडकको पश्चिम पेटी बाट…

    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगन्ज, १६ असार । वीरगन्ज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको पार्कभित्र संचालित होटलमा आकस्मिक छापा मारी ठुलो परिमाणमा अवैध हुक्का र सुर्तीजन्य पदार्थ…

    पहिलो

    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    • July 1, 2026
    • 49 views
    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    • July 1, 2026
    • 64 views
    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    • July 1, 2026
    • 22 views
    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    • July 1, 2026
    • 25 views
    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    • July 1, 2026
    • 26 views
    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने

    • July 1, 2026
    • 24 views
    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने