विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत भोली बिहान अमेरिका र बोस्निया हर्जेगोभिना भिड्दैछन् । सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ । 

घरेलु समर्थकको साथ पाएको अमेरिकालाई यस खेलको स्पष्ट दाबेदारका रूपमा हेरिएको छ । यसपटकको विश्वकपमा अमेरिकामाथि अपेक्षा र दबाब दुवै उच्च छ । सन् १९९४ मा घरेलु भूमिमै आयोजना भएको विश्वकपमा अमेरिका समूह चरण पार गर्दै अन्तिम १६ मा पुगेको थियो । त्यसबेला सान फ्रान्सिस्को नजिकैको रंगशालामा भएको खेलमा अन्ततः उपाधि जितेको ब्राजिलसँग १-० ले पराजित भएको थियो ।

यसपटक पनि खेल त्यही क्षेत्रको रंगशालामा हुँदैछ । तर अवस्था भने फरक छ । त्यसबेला कमजोर टोली मानिएको अमेरिका अहिले बलियो लयमा रहेको छ र घरेलु समर्थकले जितको अपेक्षा गरेका छन् ।

अमेरिकाले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ र अस्ट्रेलियालाई २-० ले हराएको थियो । अन्तिम खेल बाँकी रहँदै समूह विजेता बनेको अमेरिकाले सन् १९३० पछि पहिलो पटक लगातार दुई विश्वकप खेल जित्ने उपलब्धि पनि हासिल गरेको हो ।

समूहको अन्तिम खेलमा भने अमेरिकाले अधिकांश मुख्य खेलाडीलाई विश्राम दिएको थियो । त्यस खेलमा पहिले नै प्रतियोगिताबाट बाहिरिएको टर्किएसँग अतिरिक्त समयको आठौँ मिनेटमा गोल खाँदै पराजित भएको थियो ।

यस खेलमा चोटबाट फर्किएका कप्तान क्रिस्टियन पुलिसिकको उपस्थितिले अमेरिकालाई थप बल मिल्ने अपेक्षा गरिएको छ । यद्यपि टोलीका सबैभन्दा प्रभावशाली खेलाडी फरवार्ड फोलारिन बालोगुन बनेका छन् । उनले पाराग्वेविरुद्ध दुई गोल गरेका थिए भने अस्ट्रेलियाविरुद्ध आत्मघाती गोल गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले यस विश्वकपमा तेस्रो गोल गरेमा अमेरिकाका लागि एउटै संस्करणमा तीन वा सोभन्दा बढी गोल गर्ने सीमित खेलाडीको सूचीमा स्थान बनाउनेछन् ।

आराम पाएको टोली, पुलिसिकको पुनरागमन र बालोगुनको उत्कृष्ट लयले अमेरिकालाई बलियो बनाएको भए पनि नकआउट चरणको इतिहास भने उसको पक्षमा छैन । अमेरिकाले विश्वकपको नकआउट चरणका आठमध्ये सात खेल गुमाएको छ भने एक मात्र जित सन् २००२ मा मेक्सिकोविरुद्ध २-० को थियो ।

यता बोस्निया-हर्जेगोभिना भने पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको टोली हो । समूह चरणमा उसले कतारलाई ३-१ ले हराउँदै उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एकका रूपमा अन्तिम ३२ मा स्थान बनाएको थियो । तर समग्र प्रदर्शन भने धेरै प्रभावशाली मानिएको छैन । रक्षात्मक कमजोरी बोस्नियाको मुख्य चुनौती बनेको छ। विश्वकपका हालसम्मका सबै छ खेलमा उसले कुनै पनि खेल गोलरहित राख्न सकेको छैन ।

यद्यपि बोस्नियाको बलियो पक्ष भनेको शारीरिक बनावट हो । प्रतियोगिताकै सबैभन्दा अग्लो औसत उचाइ भएको टोलीका रूपमा रहेको बोस्नियाले कर्नरबाट तीन गोल गर्दै आफ्नो उचाइको राम्रो उपयोग गरेको छ । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एर्मिन मह्मिकले दुवै खेलमा गोल गरेका कारण यसपटक सुरुआती रोजाइमा पर्न सक्ने सम्भावना छ । यस खेलमा बोस्नियाका विंगर एस्मिर बाज्राक्तारेभिचमाथि पनि विशेष नजर रहनेछ। उनी अमेरिकामै जन्मिएका खेलाडी हुन् । परिवार बोस्नियाली युद्धपछि अमेरिका बसाइँ सरेको थियो । उनले सुरुमा अमेरिकाबाट अन्तर्राष्ट्रिय खेल खेले पनि पछि आफ्ना अभिभावकको जन्मभूमि बोस्निया-हर्जेगोभिनाबाट खेल्ने निर्णय गरेका थिए ।

अमेरिका र बोस्निया-हर्जेगोभिनाबीच यसअघि तीन मैत्रीपूर्ण खेल भएका छन् । तीमध्ये अमेरिकाले दुई खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

यद्यपि युरोपेली टोलीविरुद्ध अमेरिकाको विश्वकप इतिहास भने उत्साहजनक छैन । युरोपेली टोलीसँग खेलेका पछिल्ला २१ विश्वकप खेलमध्ये अमेरिकाले केवल एक खेल मात्र जितेको छ । सन् २००२ मा पोर्चुगललाई ३-२ ले हराएयता अमेरिकाले युरोपेली टोलीविरुद्ध लगातार १३ विश्वकप खेल जित्न सकेको छैन ।

  • Related Posts

    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ चरणमा आज राति बेल्जियम र सेनेगल आमनेसामने हुँदैछन् ।  अमेरिकाको सियटलमा हुने यो खेल नेपाली समय अनुसार राति १: ४५ बजेदेखि शुरु हुदैछ…

    विश्वकप जितको उत्सव मनाउदा तीन जनाको मृत्यु

    काठमाडौँ । फिफा विश्वकप फुटबलमा इक्वेडरमाथि मेक्सिकोको ऐतिहासिक जितपछि भएको विजय उत्सवका क्रममा भीडमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक…

    पहिलो

    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    • July 1, 2026
    • 44 views
    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    • July 1, 2026
    • 62 views
    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    • July 1, 2026
    • 21 views
    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    • July 1, 2026
    • 25 views
    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    • July 1, 2026
    • 25 views
    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने

    • July 1, 2026
    • 24 views
    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने