नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ११ चैत । वीरगंजमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बस पार्क सम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।

चैतको अन्तिम शुक्रबार २९ गते देखि ३१ गते सम्म तीन दिन रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगंज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउनुको साथै अबेर सम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास पनि लिइएको छ । यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो ।

रात्रि बजारले यहाँको बजार चलायमान बन्ने मेयर सिंहले बताउनुभयो । रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल राखिनेछ ।

महानगरले रात्री बजार सञ्चालनका लागि आज विभिन्न संघ संस्थाहरु सँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआर सँगको समन्वयमा महानगरले रात्रि बजार लगाउन लागेको हो ।

रात्रि बजारमा लगाइने स्टलहरुको केही दिनमा नै बुकिङ खुल्ला गरिने ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनु भयो ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 23 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 24 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 25 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 13 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 27 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि