नेपाली टिम अमेरिका लाग्दा नेपाल फर्किए सन्दीप

काठमाडौँ । नेपाली क्रिकेट टिम लिग-२ को अर्को शृङ्खलाका लागि अमेरिका प्रस्थान गरेको छ । क्यानडाबाट हिजो नेपाली टिम अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले नेपाल फर्किनुपरेको हो । उनले सामाजिक सञ्जालबाट आफू फर्किँदै गरेको जानकारी गराएका छन् ।

डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि होल्डमा छ । टिमका सबै खेलाडीलाई अमेरिकाले तत्काल तीन महिनाको भिसा दिए पनि सन्दीपको आवेदन विचाराधीन राखिएको थियो । उनी पासपोर्ट फिर्ता लिएर क्यानडा उडेका थिए ।

सन्दीप नेपाल फर्किएपछि फेरि अमेरिकी दूतावासमा भिसाको पक्रिया अघि बढाइने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बताएको छ । महान्यायाधिवक्ता कार्यालयले सन्दीपको मुद्दामा सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरिसकेकाले दूतावासले अब तत्काल भिसा दिन सक्ने स्रोतको दाबी छ ।

नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग २ का ४ खेल खेल्नेछ । यसअघि क्यानडामा तीन खेल हारेको नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण छ । अमेरिका र क्यानडा दुवै नेपालका लागि बलिया प्रतिस्पर्धी हुन् । दूतावासले भिसा दिएमा सन्दीप दशैँ मनाइसकेर अमेरिका उड्नेछन् ।

  • Related Posts

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    काठमाडौं । लुम्बिनी प्रदेशले जारी पीएम कप अन्तर्गत बागमती प्रदेशलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २३४ रनको…

    पहिलो

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 19 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 24 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 25 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 26 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 25 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    एकपक्षीयमिडियानीति : लोकतन्त्र माथि प्रश्नचिन्ह ?

    • April 14, 2026
    • 30 views