नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार गरिएको छ ।

कम्पनीका अनुसार विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता भएपछि प्रिपेड प्रयोगकर्ताले ६२ देशमा रोमिङ सेवा प्रयोग गर्न सक्ने भएका हुन् । चालु आर्थिक वर्षपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, घाना, रोमानिया र लाओसका सेवा प्रदायकसँग नयाँ सम्झौता गरिएको छ । साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा थप सेवा विस्तार गरिएको जनाइएको छ ।

नेपाल टेलिकमले यसअघि नै अष्ट्रेलिया, भारत, जापान, अमेरिका, बेलायत, युएई, सिंगापुर लगायतका देशमा रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ । यस सेवा अन्तर्गत आवाज, डाटा र सन्देश सेवा प्रयोग गर्न सकिन्छ ।

विदेशमा जाने वा बस्ने नेपालीका लागि यो सेवा उपयोगी रहेको कम्पनीले जनाएको छ । प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सञ्चालन हुने व्यवस्था छ । भारतमा भने मोबाइलबाट निश्चित कोड डायल गरी सेवा सक्रिय गर्नुपर्छ ।

पोष्टपेड प्रयोगकर्ताका लागि भने सेवा सञ्चालन गर्न न्यूनतम पाँच हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्ने व्यवस्था छ । नेपालमै रहँदा वा विदेश पुगेपछि पनि आवश्यक प्रक्रिया पूरा गरी रोमिङ सेवा सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ ।

रोमिङ सेवा सम्बन्धी समस्या वा जानकारीका लागि कम्पनीले इमेलमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ । नेपाल टेलिकमले आगामी दिनमा थप देशमा पनि यो सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।

  • Related Posts

    फरेन्सिक विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन मन्त्री पुनको प्रस्ताव

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना…

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २६ वर्षीय…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 52 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 60 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 26 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम