नेप्से परिसूचक ५९ अंकले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अंकले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अंकमा कायम भएको हो ।

आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रु. पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक पाँच दशमलव ५६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव २७, विकास बैंक दुई दशमलव ४६, होटल तथा पर्यटन तीन दशमलव ३४, जलविद्युत् दुई दशमलव ८९ र लगानी समूह दुई दशमलव ७३ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा समूह दुई दशमलव ३५, उत्पादन तथा प्रशोधन एक दशमलव ८१, लघुवित्त दुई दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ४८, निर्जीवन बीमा दुई दशमलव ६९, व्यापार तीन दशमलव ९३ र अन्य समूह दुई दशमलव २२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा दुई सय २९ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८४ प्रतिशतले बढेको छ । चारवटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । गुडविल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एनआइसी एसिया फ्लेक्स क्याप फन्ड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु. २१ करोड १३ लाख ४२ हजार सात सय ३२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयर पाँच लाख कित्ता खरिदबिक्री भएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 57 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 123 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views