नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २० वैशाख । नेशनल मेडिकल कलेजको आयोजनामा सञ्चालित ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ प्रतियोगिता शनिबार भव्य रूपमा सम्पन्न भएको छ । कलेजको आफ्नै सभाहलमा आयोजित उक्त प्रतिस्पर्धामा देशभरका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो बौद्धिक क्षमता प्रदर्शन गरेका थिए ।

देशभरका ११ वटा मेडिकल कलेजबाट ६८ जना विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा कडा प्रतिस्पर्धाका बीच महाराजगन्ज मेडिकल क्याम्पस प्रथम हुन सफल भएको छ । त्यसैगरी, पाटन एकेडेमी अफ हेल्थ साइन्स दोस्रो र बी.पी. कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स तेस्रो स्थानमा रहे ।

विजेताहरूलाई क्रमशः प्रथमलाई ५० हजार, दोस्रो २५ हजार र तेस्रो हुने टिमलाई १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको मेडिकल कलेजका प्रेस सल्लाहकार आंशिक अन्सारीले जानकारी दिए ।कार्यक्रम नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले स्वागत मन्तव्यबाट गर्नुभएको थियो ।कार्यक्रममा नेपाल आर्मी पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्र खड्का तथा सशस्त्र प्रहरी पर्साका डिएसपी लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन कलेजका एकेडेमी निर्देशक डा. रुबी श्रेष्ठ (यास्मिन), मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, भाईस प्रिन्सिपल रवि शंकर गुप्ता, नर्सिङ क्याम्पसकी भाईस प्रिन्सिपल डा. बबिता सिंह लगायत प्राध्यापक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

यस प्रकारका बौद्धिक प्रतिस्पर्धाले विद्यार्थीहरूबीच ज्ञान आदानप्रदान हुनुका साथै मेडिकल क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    नासाले एआईको सहयोगमा पत्ता लगायो ३१ नयाँ ग्रह

    काठमाडौँ । खगोलविदहरूले कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ शक्तिशाली उपकरण ‘रेभन’ को प्रयोग गर्दै सौर्यमण्डल बाहिरका १०० भन्दा बढी ग्रहको पुष्टि गरेका छन् । तीमध्ये ३१ वटा पूर्ण रूपमा नयाँ ग्रह…

    प्रमुख २० समाचार

    १- नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको कावा मुख्य…

    पहिलो

    मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

    • May 4, 2026
    • 21 views
    मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

    नासाले एआईको सहयोगमा पत्ता लगायो ३१ नयाँ ग्रह

    • May 4, 2026
    • 9 views
    नासाले एआईको सहयोगमा पत्ता लगायो ३१ नयाँ ग्रह

    राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठक स्थगित

    • May 4, 2026
    • 21 views
    राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठक स्थगित

    सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

    • May 4, 2026
    • 23 views
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

    नौ वर्षपछि पेशावर जाल्मीले जित्यो पिएसएलको उपाधि

    • May 4, 2026
    • 19 views
    नौ वर्षपछि पेशावर जाल्मीले जित्यो पिएसएलको उपाधि

    भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

    • May 4, 2026
    • 13 views
    भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज