काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सोमबार गृहमन्त्रायमा आयोजित एक समारोहमा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
तत्कालिन महानिरीक्षक राजु अर्याल अवकाशमा गएपछि सरकारले पौडेललाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।







