पर्सा प्रहरी द्वारा भारी मात्रामा लागु औषध ट्रामाडोल क्याप्सुल सहित चार जना मानिसहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २६ मंसिर । वडा प्रहरी कार्यालय, श्रीपुरले विशेष सूचनाको आधारमा मंगलबार राति करिब ०६:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१५, प्रतिमा चोक स्थित टिकट काट्ने काउन्टर अगाडि रोकिएको सार्बजनिक विधुतीय गाडी बाट भारी मात्रामा नेपालमा प्रतिबन्धित लागु औषध ट्रमाडोलक्याप्सुल्स सहित ४ जना मानिसहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थान बाट बाग्मति प्रदेश ०८-००१ ज ०११७ नम्बरको EV गाडिलाई कानूनी रितपुर्‍याइ जाँच गर्दा उल्लेखित व्यक्तिहरूले रातो र गुलाबी रंगको सुटकेश भित्र लुकाइ छिपाइ राखिएको लागु औषध Tramadol Hydrochloride Capsules IP ६० हजार ५ सय ३० पिस सहित सुटकेश बोक्ने दुइ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।

थप अनुसन्धान पश्चात वीरगञ्ज महानगरपालिका कै वडा नं.२४, रामगढवामा डेराकोठा भाडामा लिइ बस्ने र लागु औषध Tramadol सुन्योजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्था बाट १ कार्टुनभित्र १५ हजार ६ सय ४० पिस Tramadol Capsules गरी जम्मा ७६ हजार १ सय ७० पिस लागु औषध Tramadol Capsules सहित सो कार्यमा संलग्न चार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

पक्मराउ पर्नेमा क्रमशः बीरगंज महानगरपालिका वडा नं. २४, रामगढवा बस्ने वर्ष २० को युवराज पटेल, सोही स्थान बस्ने वर्ष २१ को अफजल देवान, धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ०६ बस्ने वर्ष १९ को रामहरि मगर तथा धादिङ जिल्ला कै सिदलेख गाउँपालिका वडा नं. ०७ बस्ने वर्ष १९ को राजकुमार मगराति लाई नियन्त्रणमा लिइ निजहरू विरुद्ध लागु औषध सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 79 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 75 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 128 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 143 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views