पहिरोले घर पुरिँदा मृत्यु

ढोरपाटन (बागलुङ), २७ असार : वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आउनुभएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरोे खस्दा लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

त्यस्तै बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको छ । बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ ।
यसैबीच बागलुङ बजारको डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोर दुर्गन्धित बनेको छ । अविरल वर्षाका कारण बागलुङ–१ स्थित काठेखोला तिरमा रहेको पहिरोको पर्खाल भत्किँदा फोहोरले कोरिडोर पुरिएको हो । कोरिडोर पुरिएपछि मेसिन लगाएर फोहोर हटाए पनि यात्रा असहज बनेको छ । फोहोरको डङ्गुरले भरिएपछि थेग्न नसक्दा पखाल भत्किएको हो । पर्खाल भत्किँदा फोहोरको थुप्रो काठेखोलामा पुगेको छ । सडकमा भएको फोहोरलाई डोजरले हटाएको थियो ।

जिल्लाको दक्षिण क्षेत्रको मुख्य नाकासँग चीन र भारत जोड्ने सडकका रुपमा रहेको कोरिडोर फोहोरको दुर्गन्धले गर्दा यात्रु नाक छोपेर हिँड्न बाध्य छन् । बागलुङ बजारको फोहोरलाई अन्तै व्यवस्थापन गर्नुपर्ने आवाज उठ्दै आए पनि सुनुवाइ भएको छैन् । सडक दुर्गन्धित हुँदा यात्रु बिरामीसमेत पर्ने गाडी चालक वीरबहादुर पुनले बताउनुभयो । दैनिक यो सडक भएर हजारौँ यात्रु ओहोरदोहोर गर्ने भन्दै नगरपालिकाले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पर्खाल हुँदा फोहोरको दुर्गन्ध कम आउँथ्यो, यात्रुले नाक मुख छोडेर हिँड्न सक्ने स्थिति थियो, अहिले त डम्पिङ गरेको सबै फोहोर सडकमा आएपछि यात्रा गर्ने सकिँदैन, दिनदिनै हजारौँ मान्छे हिँड्ने ठाउँमा यस्तो फोहोरको डङ्गुर छ, सरकारले यसको व्यवस्थापन सही रुपमा गर्नुपर्छ, कोरिडोर राम्रो बन्यो भने त यहाँ धेरै भारतीय र चिनियाँ पर्यटक हिँड्छन्, यसले त राम्रो सन्देश दिँदैन ।”

जैमिनी नगरपालिका–२ का प्रेमनाथ सापकोटाले कामले दैनिक बागलुङ बजार आउनुपर्ने यही सडक भएर यात्रा गर्दा बिरामी पर्ने गरेको बताउनुभयो । बागलुङ नगरपालिका–१०, १२, १३, १४ वडासहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका हजारौँ नागरिक दैनिक कोरिडोर हुँदै यात्रा गर्ने भन्दै अहिले पहिरोको नजिकै पुग्दा धेरैले वान्ता गर्ने गरेको सुनाउनुभयो ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले वर्षाको डम्पिङसाडको पर्खाल केही दिनमै मर्मत गर्ने बताउनुभयो । पर्खालसँग कोरिडोर जोडिएको र छेउबाट काठेखोलाले बगाइरहेको हुँदा सडकको मापदण्ड छोडेर वर्षा रोकिएपछि पर्खा लगाउने काम सुरु हुने उहाँको भनाइ छ । यो ठाउँमा फोहोर व्यवस्थापन गर्न उचित नभएको धेरै तिरबाट सुझा आएको भन्दै व्यवस्थित स्थानमा डम्पिङसाइट निर्माण गर्ने योजना रहेको उपप्रमुख खड्काले बताउनुभयो ।

“पर्खाल भत्किएपछि फोहोर सडकमा पुगेको छ, त्यसलाई हटाएर अहिले यातायात सञ्चालन गरेका छौँ, पहिरोको दीर्घकालीन व्यवस्थापनका लागि बागलुङ, बेनी र कुश्मा नगरपालिका मिलेर एउटै ल्याण्डफिलसाइट निर्माण गर्ने गरी छलफल पनि भएको छ”, उहाँले भन्नुभयो, “तत्कालका लागि कालठेखोला बगाउँदा सडक साँघुरो भएको छ, त्यसको मापदण्ड छोडेर पर्खाल लगाउँछौँ ।”

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 68 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 23 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 38 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 30 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 29 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 33 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची