पाकिस्तानमाथि अष्ट्रेलियाको रोमाञ्चक जित

काठमाडौँ। घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा २ विकेटको रोमाञ्चक जित हात पारेको छ। २ सय ४ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाएर जित पक्का गरेको हो।

अस्ट्रेलियाको जितमा कप्तान प्याट कुमिन्सले महत्वपूर्ण इनिङ खेले। नवौँ नम्बरमा ब्याटिङमा आएका उनले नटआउट ३२ रन जोडे। एक सय ५५ रनमा ७ विकेट गुमाएको अवस्थामा कुमिन्सले सिन एबटसँग आठौँ विकेटका लागि ३० रनको साझेदारी गरेका थिए। कुमिन्स र मिचेल स्टार्कबीच नवौँ विकेटका लागि अविजित १९ रनको साझेदारी भयो।

घरेलु टोलीका विकेटकिपर जोस इङ्लिसले ४९ र स्टिभन स्मिथले ४४ रन बनाए। पाकिस्तानका ह्यारिस रौफले ३, साहिन शाह अफ्रिदीले २ तथा नसिम शाह र मोहम्मद हसनैनले एक एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २ सय ३ रनमा अलआउट भएको थियो। अस्ट्रेलियाका स्टार्कले ३ तथा कुमिन्स र एडम जाम्पाले २/२ विकेट लिए। पाकिस्तानका मोहम्मद रिजवानले ४४, बाबर आजमले ३७ र नसिम शाहले ४० रन बनाए। साहिन शाह अफ्रिदीले पनि २४ रन बनाएका थिए।

  • Related Posts

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    बुटवल । रोजगारीको प्रलोभनमा भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ । रुपन्देही प्रहरीका अनुसार भारतको कुशीनगर क्षेत्रमा रोजगारीको प्रलोभनमा परि अलपत्र परेका ४५३ जनाको उद्धार गरिएको हो…

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 65 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 48 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 39 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 60 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 114 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 92 views