पासपोर्ट सूचकांकको टप टेनबाट बाहिरियो अमेरिका: सिंगापुर शिर्ष स्थानमा, नेपालको अझ कमजोर

काठमाडौँ । पासपोर्ट र्याङ्किङ जारी गर्ने संस्था हेन्ले एन्ड पार्टनर्सले सन् २०२५ को पासपोर्ट नयाँ सूचकांक जारी गरेको छ ।

सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । अर्थात् यी देशका नागरिकले बिना अग्रिम भिसा १९३ देशको यात्रा गर्न सक्छन् । यस सूचकांकमा अमेरिका टप १० बाट बाहिरिएर १२औ स्थानमा झरेको छ । यस अघि अमेरिका १०औं स्थानमा थियो । 

यस सूचीमा दक्षिण कोरिया दोस्रो स्थानमा छ भने जापान तेस्रो स्थानमा रहेको छ । दक्षिण कोरियाका नागरिकले १९० देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन भने जापानका पासपोर्ट होल्डरले १८९ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । 

त्यसैगरी जर्मनी, इटाली. लक्जेम्बर्ग, स्पेन र स्वीजरल्याण्ड चौथो स्थानमा छन् । यी देशका पासपोर्ट होल्डरले १८८ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । त्यसैगरी अस्ट्रिया, बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्डस, पाँचौं स्थानमा छन् । यी देशका पासपोर्ट होल्डरले १८७ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । त्यस्तै ग्रीस, हंगेरी, न्यूजील्याण्ड, नर्वे, पोर्चुगल र स्विडेन यस सूचीमा छैटौं स्थानमा स्थानमा छन् । यी देशका पासपोर्ट होल्डरले १८६ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । 

त्यस्तै अस्ट्रेलिया, चेक रिपब्लिक, माल्टा र पोल्याण्ड  सातौं  स्थानमा छन् र यी देशका पासपोर्ट होल्डरले १८५ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । त्यसैगरी क्रोसिया, इस्टोनेसिया, स्लोभाकिया, स्लोभेनिया, युएई र बेलायर यस सूचीमा आठौँ स्थानमा छन् र यी देशका पासपोर्ट होल्डरले १८४ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । 

त्यस्तै यस सूचीको नवौं स्थानमा क्यानडा रहेको छ र क्यानडाका पासपोर्ट होल्डरले १८३ देशको यात्रा अग्रिम भिसा नलिएर गर्न सक्छन । त्यस्तै दशौँ स्थानमा लात्भिया र लिक्टेनस्टाइन रहेका छन् यी देशका पासपोर्ट होल्डरले १८२ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । 

त्यस्तै नेपालको पासपोर्ट भने यस सूचीमा १०१औं स्थानमा झरेको छ । यस अघि नेपाल ९५औं स्थानमा रहेको थियो । नेपाली नागरिकले ३६ देशमा बिना अग्रिम भिसा यात्रा गर्न सक्छन् ।  

यस सूचीमा छिमेकी देश भारत ८५औं स्थानमा झरेको छ, जबकी भारत यसअघि ७७औं स्थानमा रहेको थियो । त्यस्तै यसअघि ६०औं स्थानमा रहेको चीन ६४औं स्थानमा झरेको छ । त्यस्तै सार्क देश बंगलादेश १००औ स्थानमा छ भने पाकिस्तान १०३ स्थानमा रहेको छ । यस सूचिको पुछारमा १०६औं  स्थानमा अफगानिस्तान रहेको छ र विश्वको सबैभन्दा कमजोर पासपोर्टको सूचीमा रहेको छ ।

पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा इन्डेक्सको वेबसाइट अनुसार रियलटाइम डाटा वर्षभरि अद्यावधिक गरिन्छ । यो सूची जारी गर्दा भिसा नीतिमा गरिएका परिवर्तनहरूलाई पनि ध्यानमा राखिएको छ । तथ्याङ्क अन्तर्राष्ट्रिय यातायात संघबाट लिने गरिन्छ । एक देशको राहदानी धारकले भिसा नलिइकन अन्य कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा यो श्रेणी निर्धारण गरिन्छ । यसका लागि उनले पहिले भिसा लिनु पर्दैन ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 52 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 122 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views