पिएम कप क्रिकेटको तयारीमा वीरगंज: रातभर चल्दैछ मैदान मर्मत, मेयर सिंह आफैं खटिए-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ माघ । वीरगंजमा आयोजना हुन लागेको प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिताको तयारीलाई महानगरपालिकाले तीव्रता दिएको छ । प्रतियोगिताका लागि निर्धारित नारायणी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप तयार पार्न अहिले रात-दिन नभनी मर्मतको काम भइरहेको छ ।

सोही क्रममा तयारीको पछिल्लो अवस्था बुझ्न वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैं राति अबेरसम्म मैदानमा खटिनु भएको छ । शनिबार राति १० बजे मैदान पुग्नुभएका मेयर सिंहले निर्माण कार्यको निरीक्षण गर्दै कामलाई गति दिन निर्देशन समेत दिनु भएको छ । “हामीले खेलकुदको माध्यमबाट वीरगंजको गरिमा बढाउनुपर्नेछ, त्यसैले तयारीमा कुनै कमी हुन दिने छैनौं,” निरीक्षणका क्रममा उहाँले भन्नुभयो ।

मैदानमा मुख्य पिच यसअघि नै तयार भइसकेको भए पनि खेलाडीहरूलाई प्रशिक्षण (प्राक्टिस) का लागि थप पिचको आवश्यकता महसुस गरी नयाँ पिच निर्माण सुरु गरिएको छ । मुख्य पिचभन्दा पश्चिम तर्फ रहेको खाली ठाउँमा माटो भरेर नयाँ पिच बनाउने काम अहिले धमाधम चलिरहेको छ । रातको समयमा पनि पिच र मैदान सम्याउने काम भइरहेको छ ।

प्रतियोगिता नजिकिँदै गर्दा मैदानको आउटफिल्ड सुधार, दर्शक दीर्घाको व्यवस्थापन र प्राविधिक तयारीलाई महानगरले उच्च प्राथमिकतामा राखेको छ । तराईको चिसो मौसमका बाबजुद पनि राति १०-११ बजेसम्म मेयर आफैं उपस्थित भएर कामको अनुगमन गर्दा निर्माण टोली र स्थानीय खेलप्रेमीहरू उत्साहित देखिएका छन् ।पिएम कपको यो आयोजनाले वीरगंजलाई पुनः क्रिकेटको ‘हब’ को रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 62 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 54 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views