पुराना इन्जिनियरहरु किन एप्पल छोडेर ओपनएआईमा जादैछन् ?

Add Post

 विगत केही महिनादेखि एप्पल भित्र हलचल पैदा भएको छ । धेरै पुराना इन्जिनियरहरू र डिजाइनरहरू कम्पनी छोडेर ओपनएआईमा सामेल भएका छन् ।

वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार, यी कर्मचारीहरूमा आईफोन, एयरपड्स र एप्पल वाच जस्ता प्रमुख उत्पादनहरूमा काम गर्नेहरू रहेको बताइएको छ । लिंक्डइन प्रोफाइलहरूले केही इन्जिनियरहरू एप्पल वाच डिजाइन टोलीको हिस्सा भएको र केहिले आन्तरिक रोबोटिक्स परियोजनाहरूमा काम गरेको खुलेको छ, उनीहरु ओपनएआईमा पुगेका छन् ।

यी कर्मचारीहरूले एप्पल छोड्नुको कारण ओपनएआईले अर्को वर्ष लन्च गर्ने तयारी गरिरहेको नयाँ हार्डवेयर उत्पादन मानिन्छ । कम्पनीले यस उत्पादनको बारेमा कुनै सार्वजनिक विवरण जारी गरेको छैन, तर रिपोर्टहरूले यो परियोजना यति रोमाञ्चक छ कि एप्पलका पुराना इन्जिनियरहरूलाई यसले आकर्षित गरिरहेको छ ।

ओपनएआईले एप्पलका पूर्व प्रमुख डिजाइनर, जोनी इभसँगको सहकार्यमा आफ्नो पहिलो एआई उपकरण विकास गरिरहेको छ । रिपोर्टहरूका अनुसार, यो एआई उपकरण अब आधिकारिक रूपमा प्रोटोटाइप चरणमा प्रवेश गरेको छ । उपकरण दुई वर्ष भन्दा कम समयमा लन्च हुन सक्ने बताइएको छ । यो उपकरण परम्परागत स्मार्टफोन वा कम्प्युटरहरू भन्दा धेरै फरक हुने बताइएको छ । यो सानो, हत्केलाको आकारको र स्क्रिनलेस हुन सक्छ र क्यामेरा, माइक्रोफोन र सेन्सरहरू प्रयोग गरेर वरपरको वातावरणलाई सेन्स गरेर वास्तविक समयमा प्रतिक्रिया दिने हुनसक्ने अनुमान गरिएको छ ।

ब्लूमबर्गको रिपोर्टले ओपनएआईमा एउटा सानो प्रोजेक्टर पनि हुन सक्ने उल्लेख गरेको छ, जसले आवश्यक पर्दा नजिकैको सतहमा जानकारी प्रोजेक्ट गर्नेछ । रिपोर्टहरूका अनुसार, यो उपकरण डेस्कमा राख्दा प्रयोग गर्न सकिन्छ र बोक्न पर्याप्त हलुका हुने बताइएको छ ।

यस अवधिमा, एप्पलका धेरै वरिष्ठ इन्जिनियर र कर्मचारीहरूले कम्पनी छोडेका छन् । हालै, मेटाले आफ्नो एआई र स्मार्टचश्मा परियोजनाहरूको लागि धेरै एप्पल कर्मचारीहरूलाई नियुक्त गरेको थियो । लामो समयदेखि एप्पल डिजाइनर एलन डाई पनि मेटामा सामेल भएका छन् । त्यस्तै एप्पलले तीन वरिष्ठ कर्मचारी केट एडम्स, लिसा ज्याक्सन र जोन जियानान्ड्रियाको  अवकाशको घोषणा गरेको छ ।

प्रविधि उद्योगमा बढ्दो संख्यामा इन्जिनियर र डिजाइनरले एआई-केन्द्रित कम्पनीहरूमा ठूलो भविष्य देखिरहेका छन् । ओपनएआई, गुगल डीपमाइन्ड र मेटा एआई जस्ता प्लेटफर्महरू इन्जिनियरिङ प्रतिभाको लागि नयाँ गन्तव्य बन्दैछन् । ओपनएआई यस सूचीको शीर्ष स्थानमा छ, र यसको द्रुत गतिमा बढ्दो लोकप्रियताले एप्पलको प्रतिभा अवधारण रणनीतिमा दबाब दिइरहेको छ । एक समय विश्वका उत्कृष्ट इन्जिनियरहरूको मनपर्ने गन्तव्य एप्पलले अब बढ्दो एआई दौडमा आफ्नो शीर्ष प्रतिभालाई कायम राख्ने चुनौतीको सामना गरिरहेको छ ।

  • Related Posts

    फरेन्सिक विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन मन्त्री पुनको प्रस्ताव

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना…

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २६ वर्षीय…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 54 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 67 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 27 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम