पूर्णबहादुर खड्का भन्छन्- ‘अवैधानिक’ समितिको निर्णय र हस्ताक्षरबाट लिएको टिकटबाट चुनाव लड्दिन

 नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफु उम्मेदवार नबनेको बारे स्पष्टीकरण दिएका छन् ।

उनले आज उम्मेदवार दर्ता गर्ने दिन सामाजिक सञ्जालमार्फत  ‘अवैधानिक’ प्रक्रियाबाट चयन भएका प्रतिनिधिको निर्णय र हस्ताक्षरबाट जारी गरिएको टिकटबाट उमेदवार नबनेको बताएका हुन् । 

उनले भनेका छन्- ‘अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी भएकाले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उमेदवार हुनु मेरो जीवनभरको राजनीतिक मूल्य–मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा यसपटक प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नउठ्ने निर्णय गरेको छु ।’ 

खड्काले सर्वोच्च अदालतमा विशेष महाधिवेशन अवैधानिक रहेको भन्दै मुद्दा दायर गरिएकाले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्न नसक्ने बताएका छन् ।  खड्काले आफुले रुख चिन्ह लिएर उम्मेदवार बन्नेलाई सहयोग गर्ने उल्लेख गरेका छन् ।

देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध गरेको निर्णयको आदेश आज आउदैछ ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 73 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 70 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views