पूर्वपत्नी उषा खड्गीको जाहेरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

पूर्वपत्नी उषा खड्गीको जाहेरीको आधारमा सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् । 

खड्गीले सोमबार दिएको जाहेरीका आधारमा तिमल्सिनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । 

उनी विरुद्ध पूर्व मिस नेपाल समेत रहेकी खड्गीले अभद्र व्यवहार र कुटपिटको प्रयास गरेको आरोप लगाउदै जाहेरी दिएकी थिइन् । यसअघि प्रहरीले दुवैसँग छलफल समेत गरेको बताएको छ ।

खड्गीले सामाजिक सञ्जालमार्फत आफूलाई सुरक्षा चाहिएको र सरकारले न्याय दिनुपर्ने उल्लेख गर्दै कैयौं पोष्ट गरेकी थिइन् ।

तिमिल्सिना र खड्गीबीच २०७९ जेठ २६ मा काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो । सम्बन्ध विच्छेद भएपनि अंशवण्डाको टुंगो नलागेकाले दुवै एकै घरमा तलमाथि बस्दै आएको बताइन्छ ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै संसदीय दलको नेता छनोटमा भइरहेको ढिलाइ र…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 28 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 25 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 23 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 34 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 33 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 24 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का