पोखरामा जलवायु उत्थानशील तथा हरित लगानी बारे छलफल

पोखरामा जलवायु उत्थानशील तथा हरित लगानी बारे पोखरा महानगर र एसियाली विकास बैङ्कबीच छलफल भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण र दिगो आर्थिक विकासका लागि हरित तथा उत्थानशील वित्त लगानी कार्यक्रम सम्बन्धी छलफल भएको हो ।

सो क्रममा नगर प्रमुख धनराज आचार्यले महानगरको कृषि रणनीति र पर्यटन विकासका प्राथमिकताहरू बारे जानकारी गराउँदै आफूहरू उक्त कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए । पोखरामा कृषि तथा पर्यटन विकासका थुप्रै सम्भावनाहरू रहेको उल्लेख गर्दै उनले विकास साझेदारहरूसँगको सहकार्यमा यसलाई अझ नतिजामुखी बनाउन सकिने बताए । 

एडिबीका कन्ट्री अपरेसन हेड आर्नो हेकम्यानले पोखराको आर्थिक वृद्धिका लागि निजी क्षेत्र, सहकारी र साना तथा मझौला उद्योगहरूसँग मिलेर जलवायु जोखिम न्यूनीकरण र हरित रोजगारी सिर्जना गर्न प्रतिबद्ध रहेको बताए ।  

जापान सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने यो कार्यक्रमले नेपालमा जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्दै समावेशी आर्थिक वृद्धिलाई अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । यस कार्यक्रमले विशेष गरी कृषि व्यवसाय र पारिस्थितिक पर्यटनलाई प्राथमिकता दिँदै स्थानीय पूर्वाधार विकास र नवप्रवर्तनमा लगानी गर्नेछ ।

यस परियोजनाले अनुदान, सहुलियतपूर्ण ऋण र निजी पुँजीको मिश्रणमार्फत स्थानीय आर्थिक क्षमतालाई उजागर गर्ने योजना बनाएको छ । नेपालको राष्ट्रिय अनुकूलन योजना र स्थानीय अनुकूलन कार्ययोजनसँग समन्वय गर्दै पोखराको कृषि रणनीति र विकास प्राथमिकताहरूमा सहकार्य गर्ने जनाइएको छ । यस प्रकारको सहकार्यले पोखरालाई वातावरणमैत्री र आर्थिक रूपमा सबल सहर बनाउन कोशेढुङ्गा साबित हुने विश्वास लिइएको महानगरले जनाएको छ ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 70 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 54 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 64 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 52 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 39 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 57 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार