पोखरिया नगरपालीकाको आठौं विशेष नगर सभा सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

पोखरीया, २६ पुष । पर्सा जिल्लाको पोखरिया नगरपालीकाको आ. व. २०८१/०८२ को आठौं नगर सभाको विशेष नगर सभा शुक्रबार एक कार्यक्रमको विच नगरपालीकाको सभा हलमा सर्वसहमतीले सम्पन्न भएको छ । राट्रिय गित बाट सुरु गरिएको विशेष नगर सभा कार्यक्रममा सहिदहरु प्रति एक मिनेटको मौन धारण पनी गरिएको थियो ।

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको नगर सभाको विशेष नगर सभामा पोखरिया नगरपालीकाको, नगर उप प्रमुख रुवी कुमारी ठाकुर, वडा नम्बर १ देखी १० सम्मका वडा अध्यक्षहरु कार्यपालीका सदस्य, वडा सदस्यहरु नगरपालीकाको कामकाजलाई अझ चुस्त दुरुस्त बनाउने विषयमा आफना आफना सलाहसुझाव दिएका थिए ।

कार्यक्रमलाई समबोधन गर्दै नगर प्रमुख चौहानले सो सलाह र सुझलावलाई मन्न गर्दै आगामी दिनमा नगर पालीकाको काम काजलाई हाम्रो पालामा नगरबासी र नगरपालीका को कामलाई राम्रो भन्दा राम्रो बनाउन कहिले सँघ सरकार त कहिले प्रदेस सरकारको ढोका खट खटाई रहेको बताए । हाम्रो स्थानिय सरकारको पालामा हामीले गरेको मिहिनेतले गर्दा पोखरिया अस्पताल प्रादेसिक अस्पतालमा परिणत भएको छ । र चाडै पोखरिया स्थित मालपोत कार्यालय, नापी कार्यालयको उदघाटन हुने बताए ।

यसै गरि बाकि रहेका जिल्ला प्रसासन कार्यलय, भुमी सुधार कार्यालय लगाय अन्य कार्यालयहरु पोखरिया मा स्थापना गराउन दिन रात लागी परेको बताए । यसै सरकारको पालामा नगर विकास टाउन पलानीन्गको काम अगाडी बडिसकेको र निसा लालपुर्जा वितरण पनी हुने बताए ।

कार्यक्रममा नगरपालीकाको निमित प्रमुख प्रसासकिय अधिकृत अजय कुमार श्रीवास्तव, प्रसासन साखा प्रमुख सँजय कुमार पाण्डे, लेखा साखा प्रमुख मन्दीप महतो ,जिनसी साखा प्रमुख मनोज साह ,सहायक सन्दीप साह ,रोजगार साखा प्रमुख विजय साह , सामाजिक साखा प्रमुख बालमिकि रौनियार , नगर प्रहरी ईन्चार्ज दिनेश प्रसाद चौहान लगायत सँचारकर्मीहरुको पनि उपस्थिती रहेको कार्यक्रमको थियो भने सहजीकरण नरेन्द्र साह कानुले गरेका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 30 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 27 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 39 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 186 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ