प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन् ।

सोमबार खुमलटारस्थित निजी निवासमा आयोजित कार्यक्रममा प्रचण्डले सत्तारूढ नेपाली काँग्रेस, नेकपा (एमाले) र समाजवादी पार्टीसहितको गठबन्धनलाई पराजित गर्दै विजयी बनेको नेकपा (माओवादी केन्द्र)समेतको गठबन्धनको अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानललाई बधाई दिएका हुन् ।

बधाई दिने क्रममा प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्वपूर्ण योगदान दिनसक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ। अहिले निर्वाचित हुनुभएको अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई म हाम्रो पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु। एनएमएलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन तपाईंहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ ।’

प्रचण्डले आफ्नो व्यक्तिगत अनुभव र एनएमएसँगको लामो सम्बन्ध उल्लेख गर्दै पर्वतारोहण र पर्यटन प्रवर्द्धनका लागि सरकारले पनि सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले हाल अन्तिम चरणमा पुगेको पर्यटन सम्बन्धित विधेयक पारित गराउन आफुले सक्रिय भूमिका खेल्ने प्रतिज्ञा पनि गरे ।

एनएमएको निर्वाचनमा अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानल विजयी भएको थियो । एक उपाध्यक्ष र एक सदस्यबाहेकका सबै पदमा उक्त प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 36 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 30 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 43 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 189 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 54 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 52 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ