प्रचण्ड, रवि र बालेन अहिलेको आन्दोलनका मुख्य मतियार हुन्, कारवाही गर्नुपर्छ- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कारवाही गर्नुपर्ने धारणा राखेका छन् ।

एमालेको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले प्रचण्ड, लामिछाने र बालेनलाई कारवाही गर्नुपर्ने बताएका हुन् । उनले भने- ब्ल्याकएनर्जीको प्रतीक ‘लुसिफर’ को नामले चिनिदै आएको बालेन, जेल तोडेर जनता झुक्याउन खोजिरहेका रवि लामिछाने र उनको स्वतन्त्र पार्टी तथा मौकामा चौका हान्ने प्रचण्ड यी आन्दोलनका मुख्य मतियार हुन् । यीनलाई उचित कार्बाही गर्नुपर्दछ ।’

नेता बस्नेतले जेनजी आन्दोलन केवल स्थानीय असन्तोष नभएर पूर्व योजनाबद्ध अन्तर्राष्ट्रिय  पोलिटिकल अपरेशन भएको बताउदै यसको उद्देश्य राष्ट्रिय संरचना र राजनीतिक स्थायित्व ध्वस्त पार्नु र उनीहरुको स्वार्थ पुरा गर्नु भएको दाबि गरेका छन् ।

उनले राष्ट्रवाद, समृद्धि र विकासको पक्षमा अभूतपूर्व काम गरेको प्रतिफलस्वरूप हाम्रो पार्टी र अध्यक्षमाथि अन्तर्राष्ट्रिय शक्तिहरूले योजनाबद्ध षड्यन्त्र गरेको आरोप लगाउदै ‘जेन्जी पुस्ता’लाई माध्यम बनाएर देशका महत्वपूर्ण संरचना, राज्यका संवेदनशील दस्ताबेज र सम्पदाहरू ध्वस्त पार्ने अभियान सञ्चालन गरिएको बताएका छन् ।

बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको बताउदै अध्यक्षको ब्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनुपर्ने बताए । साथै उनले निष्क्रिय रहेका प्रभाबहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरुको उचित मूल्याङ्कन गरी  बिदा गरेर कमिटि पुनरगठन  गर्नुपर्ने समेत बताए ।

उनले विद्या भण्डारी जस्ता नेताहरुलाई  बैकल्पिक नेता मानेर पार्टीमा अन्तरद्वन्द बढाउन नहुने भन्दै नेता बस्नेतले बिकल्प खोज्ने नेताहरु अध्यक्षको बिकल्प खोज्दै प्रचण्ड र माधब नेपालसँग पुग्ने खतरा रहेको बताए । उनले तपाईहरु आफै बिकल्प हो किन भन्न सक्नु हुन्न भन्दै प्रश्न समेत गरेका थिए । उनले अब आफुहरु विकल्प बनेर अगाडी आएको भन्दै आफुहरुसँग लड्न चुनौती स्वीकार गर्न र पार्टीको सबै निकायमा युवा नेतृत्वको व्यवस्थापन गर्न आग्रह गरे ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 61 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 44 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 66 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 75 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 113 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 99 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-