प्रतिनिधि सभाको जोडदार रुपमा उठ्यो उखु किसानको विषय

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा उखु किसानको विषय जोडदार रुपमा उठेको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही, कांग्रेस सांसद एनपी साउद, एकीकृत समाजवादीका सांसद कृष्ण बहादुर श्रेष्ठ, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र शक्ति बस्नेतलगायतले उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले सरकारले उखुमा घटाएको आधा अनुदान रकम पुरानै अवस्थामा ल्याउन माग गर्दै पुरानो बाँकी अनुदान भुक्तानी रकम तत्काल भुक्तानको व्यवस्था गर्न माग गरेका छन् । 

उखु बालीमा सरकारले दिँदै आएको अनुदान रकममा कटौती गरेपछि तराई—मधेशका १३ जिल्लाका उखु किसानहरू आन्दोलित भएका छन् । आर्थिक वर्ष २०८१/०८२ को उखु क्रसिङबापतको अनुदान रकम पुरानै दरमा उपलब्ध गराउनुपर्ने माग गर्दै उनीहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

नेपाल उखु उत्पादक महासंघका अनुसार, देशभरका १३ जिल्लाका किसानहरूले चिनी उद्योगमा उपलब्ध गराएको उखुको कुल एक अर्ब ६० करोड रुपियाँ अनुदान रकम सरकारले भुक्तानी गर्न बाँकी छ । यसअघि सरकारले उखुको प्रति क्वीन्टल मूल्य ६५५ रुपियाँ तोकेको थियो । जसमा चिनी उद्योगले ५८५ र सरकारले ७० रुपियाँ अनुदान दिने व्यवस्था थियो । तर बजेट अभाव देखाउँदै सरकारले अनुदान रकम आधा घटाएर प्रति क्वीन्टल ३५ रुपियाँमा झारेपछि किसान असन्तुष्ट बनेका हुन् । 

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 36 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 30 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 43 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 189 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 54 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 52 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ