-दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०१ चैत । प्रहरी चौकी गण्डक, पर्सा ले आईतबार राति करिब १२:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित बाट भारसि मात्रामा प्रतिवन्धित TRAMADOL HYDROCLORIDE CAPSULES IP 50 MG लेखिएको औषध सहित दुई जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त राति त्यहाँ बाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा वीरगञ्जको बसपार्क बाट काठमण्डौ तर्फ जाँदै गरेको ना.१ ज २७६५ नम्बरको रातो रंगको टाटा सुमो गाडीलाई रोकी चेक जाँच गर्दा गाडीको छतमा पहेलो त्रिपालले ढाकी हरियो रंगमा पहेलो कालो रंग भएको जेब्रा झोला र पहेलो रंगमा कालो रंग भएको बोरा भित्र लुकाइ छिपाइ राखिएको प्रतिबन्धित TRAMADOL HYDROCLORIDE CAPSULES IP 50MG लेखिएको ५२ हजार ३ सय फेला परेको छ ।

उक्त कार्यमा संलग्न बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०१, रहरिया डिह बस्ने वर्ष ४२ को राम अशिष राउत अहिर तथा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ०२, सिसियाडी बस्ने वर्ष ३० को सुवास सर्राफलाई बरामद लागु औषध सहित नियन्त्रणमा लिइ लागु औषध सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्की ले बताएका छन् ।







