प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्राविधिक जनशक्ति थप गरेरै भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा पूर्ण ध्यान दिन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति र आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले योजनाहरू अधुरै नछाड्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भने- ‘प्राविधिक जनशक्ति थपेरै भए पनि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ। भौतिक र वित्तीय प्रगतिमा असन्तुलन देखिँदा योजनाको यथार्थ विवरण आउन सकिरहेको छैन, त्यसैले कार्यान्वयन गर्न नसकिने योजना सुरु मै छोड्न सक्नुपर्छ ।’

मन्त्री पाण्डेले मन्त्रालयले मेहनतपूर्वक तयार पारेका योजनाहरूलाई व्यवहारमा उतार्न तीनै तहबीच मजबुत समन्वय आवश्यक रहेको प्रष्ट पारे । उनले मातहतका महाशाखाहरुलाई सेवाग्राहीका फाइल अल्झन नदिने र सक्रिय भएर काम गर्ने निर्देशन दिए । प्रभावकारी रूपमा काम नगर्ने कर्मचारीलाई अन्यत्र जान सुझाव दिन समेत उनले स्पष्ट पारे ।

समीक्षाका क्रममा मन्त्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल माउन्टेन एकेडेमीको कामको स्वरूप भिन्न भएकाले ती संस्थालाई मर्ज गर्ने सम्भावना नरहेको पनि बताए ।

बैठकमा मन्त्रालय तथा सम्बन्धित निकायको बजेट र खर्चको स्थिति, सोह्रौँ योजना एवम् वार्षिक कार्यसम्पादन सूचक, राष्ट्रिय गौरवका आयोजना, अन्य योजनाहरूको प्रगति, गुनासो तथा बेरुजु, नीति तथा कार्यक्रम र बजेट वक्तव्य कार्यान्वयनको अवस्था, प्रमुख उपलब्धी र विद्यमान समस्या सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव तथा सदस्यहरूसहित उच्च पदाधिकारीहरूको उपस्थिती थियो । 

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 35 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 42 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 50 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ