फिल्म ‘रोल नं. १’ को लागि बाल कलाकारको अडिसन आह्वान

काठमाडौं । बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को लागि निर्माणपक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ ।

गत वर्ष नै यो चलचित्रको घोषणा गरिएको थियो । साथै, फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो, जसमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको एक बालकले हात उठाएर आफ्नो उपस्थितिको संकेत गरेको दृश्य देख्न सकिन्छ । पोस्टरले नै चलचित्र बालमनोविज्ञानसँग सम्बन्धित रहेको स्पष्ट संकेत गरेको थियो ।

निर्माणपक्षका अनुसार ७ देखि ८ वर्षका ३ जना केटा बाल कलाकार, ६ देखि ७ वर्षकी १ जना केटी बाल कलाकार र ११ देखि १२ वर्षका २ जना केटा बाल कलाकार आवश्यक छन् ।

बाल कलाकारहरूको रङ गहुगोरो र उचाइ २.५ देखि ३ फिटसम्म हुनुपर्ने जनाइएको छ । इच्छुक बालबालिकाले सानो भिडियो क्लिप तयार गरी audition4rollno1@gmail.com इमेल वा WhatsApp नम्बर ९८६५११९३११ मा पठाउन सक्नेछन् ।

निर्माणपक्षले प्राप्त भिडियोहरूबाट शोर्टलिस्ट भएका व्यक्तिहरूलाई फाइनल अडिसनका लागि सम्पर्क गर्ने बताएको छ । चलचित्रको कथा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको संकेत गरिएको छ ।

निर्माता विनोद पौडेलले केही समयअघि सामाजिक सञ्जालमा लेखेका थिए, “सबैलाई नजिते, इज्जतै पाउँदैन रे । गन्तीमै आउँदैन रे। अरु सबै मुर्ख अरे एउटै विद्वान, रोल न. वान… रोल न. वान… रोल न. वान ।” यस अभिव्यक्तिले चलचित्रले प्रतिस्पर्धात्मक समाजका कारण बालमस्तिष्कमा पर्ने दबाबलाई गहिराइपूर्वक प्रस्तुत गर्ने सम्भावना देखाउँछ ।

चलचित्रमा जोन योञ्जनको कथा तथा निर्देशन, महेश दवाडीको पटकथा र संवाद, र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । निर्माणपक्षले कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको अर्के चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ प्रदर्शनको तयारीमा छ ।

  • Related Posts

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

     पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् । सोमबार…

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

     गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    • April 20, 2026
    • 80 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    • April 20, 2026
    • 66 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    • April 20, 2026
    • 30 views
    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता
    देश विदेशका प्रमुख २० समाचार

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 60 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 30 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो