बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ ।

विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो ।

पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष २०८३/८४ को बजेट कानुनले तोकेको समयसीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ।

पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसक्नुको कारण के हो, तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सोसमेत खुलाएर पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जानकारी गराउन भनिएको छ ।

यसका साथै, असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिकासमेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ।

मन्त्रालयले स्थानीय तहमा बजेट निर्माण प्रक्रियालाई समयमै सम्पन्न गराई कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो पहल गरिएको जनाएको छ।

  • Related Posts

    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    कञ्चनपुर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-७ बस्ने १९ वर्षीय आंशु महता, २० वर्षीय जगदिश भट्ट र १९ वर्षीय…

    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ ।     शिक्षा तथा खेलकुद…

    पहिलो

    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    • July 1, 2026
    • 44 views
    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    • July 1, 2026
    • 62 views
    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    • July 1, 2026
    • 21 views
    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    • July 1, 2026
    • 25 views
    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    • July 1, 2026
    • 25 views
    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने

    • July 1, 2026
    • 24 views
    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने