बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दी (बेनी)। अन्नपूर्ण गाउँपालिका-६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्तला बाँदरले नष्ट गर्न थालेपछि आफूहरू समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ ।

“अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका छन्, किसानको बारी बाँदर आतङ्कले रित्तिन थालेका छन्, बाँदर नियन्त्रणतर्फ सरकारले ध्यान दिनुपर्ने भएको छ”, उनले भने।

जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् । अहिलेसम्म ३० हजारभन्दा बढीको सुन्तलाका दाना बाँदरले क्षति गरिसकेको बरुवाल बताउछन् । दिनभर फूलबारीमै धरालो बसेर धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको किसान सुबोध बरुवालले बताए ।

“फलफूल र अन्नबाली सबै बाँदरले नष्ट गर्न थालेको छ, दुःख गरेर लगाएको खेती सबैमा क्षति हुन थालेको छ, बाँदरको आतङ्क नियन्त्रण गर्न खोरपासो बनाएर राष्ट्रिय निकुञ्जमा पठाउनुको विकल्प छैन”, उनले भने । सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएपछि स्थानीयले वडा र पालिकाको समेत ध्यानाकर्षण गराएका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बाँदर आतङ्क पछिल्लो समय किसानका लागि लागि ठूलो समस्या बनेर आएको बताए। “बाँदर नियन्त्रणका लागि स्थानीयस्तरमा धेरै प्रयास भएका छन्, तर स्थानीयको प्रयास विफल भएको छ, राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन बनाएको सुनिएको थियो, अब मेसिन, उपकरण र प्रविधिकै प्रयोग गरेर भए पनि बाँदरलाई नियन्त्रण गर्नैपर्ने भएको छ”, वडाध्यक्ष खड्काले भने।

घारको बिरौटा, झरपाट, बैँसरी, हल्लेखर्क, लुलाए, कुरमुनीलगायतका बस्तीमा व्यावसायिक रूपमा सुन्तलाखेती हुँदै आएको छ । करिब १५ हजारभन्दा बढी सुन्तलाका बोट लगाइएको घारमा वार्षिक करिब रु ४० देखि ५० लाख बराबरको सुन्तला बिक्री हुने गरेको छ ।

  • Related Posts

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    काठमाडौँ । निजी क्षेत्रका तीन प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। व्यवसायी शेखर गोल्छा पक्राउ…

    पहिलो

    नेशनल मेडिकल कलेज द्वारा आदर्श कोतवाल गाउँपालिकामा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, हजारौं बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • April 24, 2026
    • 39 views
    नेशनल मेडिकल कलेज द्वारा आदर्श कोतवाल गाउँपालिकामा “निःशुल्क बृहत स्वास्थ्य शिविर” सम्पन्न, हजारौं बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    • April 24, 2026
    • 26 views
    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    • April 24, 2026
    • 18 views
    शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    • April 24, 2026
    • 22 views
    अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

    • April 24, 2026
    • 13 views
    अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ