बाजुरामा प्रसूति भवन निर्माणमा भ्रष्टाचार, ६ जनाविरुद्ध मुद्धा दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमरा सिंहसित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

तत्कालीन निमित्त कार्यालय प्रमुख सिंह, शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रावतविरुद्ध मुद्दा दायर भएको हो । यसैगरी प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई मुद्दामा विपक्षी बनाउँदै आयोगले आरोप-पत्र दायर गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा बाजुरा हिमाली गाउँपालिका-६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराबाट २०  लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २ सय रुपैयाँ व्यहोर्नेगर कन्टेन्जेन्सी सहित २६ लाख १५ हजार २०६ रुपैयाँ रकममा २०७६ जेष्ठ मसान्तभित्र कार्य सम्मन्न गर्नेगरी स्वास्थ्य कार्यालय र प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिबीच सम्झौता भएको  थियो । 

तर तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित ६ जनाले बदनीयत राखी लागत अनुमान बमोजिम काम गरेको भनी झुठ्ठा बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयारी गरी गराइ १५ लाख ८ हजार ५५७ रुपैयाँ भुक्तानी दिएको देखिएको अख्तियारको ठहर छ ।  कमसल सामान प्रयोग  गर्दा भवन भग्नावशेषमा परिणत भइ १५ लाख ८ हजार ५५७ मूल्य बराबरको सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी र दुरुपयोग गरेको तथ्य अनुसन्धानबाट खुलेको अख्तियारको दावी छ ।

अख्तियारले १५ लाख ८ हजार ५५७ बिगो र कानुन अनुसार सजाय माग गर्दै मुद्धा दायर गरेको जानकारी गराएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 83 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 31 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 50 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 38 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 37 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 40 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची