महानगरका गौरव योजना र स्वर्णिम योजनाको प्रगति तीन दिन भित्र बुझाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको प्राथमिक योजनाहरु ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’ को प्रगति ३ दिनभित्र पेश गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निर्देशन दिएका छन् ।

आज विभागीय प्रमुख र कार्यक्रमका फोकल पर्सनहरुसँगको संयुक्त बैठकमा उनले, आन्तरिक सञ्चार र समन्वयमा जोड दिँदै प्रक्रियामा भएका योजना कहिले टुङ्गिने हो? अपेक्षित अवधि, समस्या भए समाधानका उपायसहितको विवरण पेश गर्न भनेका हुन् । यी विवरणहरु सहरी योजना आयोग, योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ र प्रमुख प्रकाशकीय अधिकृतको सचिवालयमा वुझाउनु पर्नेछ । 

चालु आर्थिक वर्षका लागि स्वीकृत भएका र सार्वजनिक खरिद प्रक्रियामा जानु पर्ने कार्यक्रमको अवस्थाका बारेमा जानकारी लिँदै उनले, कार्तिक मसान्तसम्ममा सूचनामा गइसक्नु पर्ने योजना त्यसअनुरुप कार्यान्वयनमा नगएको भए आउँदो १५ दिनभित्र पठाइसक्नु आग्रह गरे । त्यस अवधिमा पनि प्रक्रियामा नगएका योजनाका बारेमा सम्बन्धित अधिकारीले समीक्षामा जवाफ दिनु पर्ने उनको भनाइ थियो । 

बैठकमा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, आन्तरिक सञ्चारको अभावमा प्राप्त उपलब्धिलाई अभिलेखन गर्न नसकिएको बताउँदै आपसी संवाद र समन्वयमा जोड दिए । 

नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारका कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाका रुपमा राखेको छ । यस्तै आम नागरिकको प्रत्यक्ष चासोका रुपमा रहेका निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा राख्नु पर्ने कार्यक्रमलाई स्वर्णिम योजनाका रुपमा राखिएको छ । कतिपय योजना निर्माण सम्पन्न भइसके पछि त्यसको मर्मत गरे मात्र पुग्छ । कतिपय योजनालाई निरन्तर चलाउनु पर्छ । यो कामलाई व्यवस्थित गर्न, नतिजामा पुर्‍याउन सूचकका आधारमा मापन गर्न सकिने बनाउन योजना वर्गीकरण गरिएको हो । 

महानगर गौरवका योजना ११ वटा र स्वर्णिम योजना ३० वटा छन् । यी योजनाहरु पहिलो पटक १३औँ नगर सभाको अधिवेशनमा विनियोजन वियेधकमार्फत पेश भएका थिए । 

गौरव योजनाअन्तर्गत ‘उज्यालो सहर, मेरो महानगर’, ‘धुलोरहित सडक’, र ‘ढलरहित खोलानाला’ गरी ३ वटा योजना सार्वजनिक निर्माण विभाग अन्तर्गतका छन् । ‘महानगरले देख्छ’, र ‘सुशासनका लागि अनलाइन सेवा’ गरी २ वटा योजना सूचना प्रविधि विभागअन्तर्गत कार्यान्वयनमा छन् । ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनस्र्थापना’, र ‘संस्कृति, सम्पदा र पर्यटन’, महानगरको धन’ गरी २ वटा योजना सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्छ । 

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’, सामाजिक विकास विभागले कार्यान्वयन गर्छ । ‘मेरो रहर, सुन्दर र हरित सहर’ उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ स्वास्थ्य विभागले र ‘गरी खाने शिक्षा, महानगरको इच्छा’, शिक्षा विभागले कार्यान्वयन गर्छ । 

३० वटा स्वर्णिम योजनामध्ये ‘सम्पदा मर्मत तथा संरक्षण’, ‘सांस्कृतिक महानगर’, ‘पर्यटकीय सहर’ र ‘ढुङ्गेधारा हिटी र पोखरी’ गरी ४ वटा कार्यक्रम सम्पदा तथा पर्यटन विभागअन्तर्गत कार्यान्वयनमा छन् । ‘साथी महानगर’, ‘सबैको योजना, सबैको विकास’, ‘स्वरोजगार नगरबासी’ र ‘क्लोथ बैङ्क’ गरी ४ वटा कार्यक्रम सामाजिक विकास विभाग अन्तर्गत कार्यान्वयनमा छन् । 

सार्वजनिक निर्माण विभागले ‘खेलकुद पूर्वाधार परियोजना’, ‘पूर्वाधार एम्बुलेन्स’ र ‘सुन्दर महानगर’ गरी ३ वटा कार्यक्रम कार्यान्वयन गर्छ । ‘नदी सरसफाइ’, ‘पोखरी सरसफाइ’, ‘जैविक मल परियोजना’ गरी ३ वटा कार्यक्रम वातावरण व्यवस्थापन विभाग अन्तर्गत छन् । ‘सुलभ फार्मेसी’, ‘स्वच्छ भान्छा कार्यक्रम’ र ‘आरोग्य जीवन’ गरी ३ वटा कार्यक्रम स्वास्थ्य विभाग अन्तर्गत छन् । 

‘यातायात तथा सडक सुरक्षा’ र ‘स्मार्ट टोल’ गरी २ वटा कार्यक्रम सहरी व्यवस्थापन विभागले कार्यान्वयन गर्छ । ‘एकल सेवा केन्द्र’ र ‘श्रम वैङ्क’ गरी २ वटा कार्यक्रम प्रशासन विभागले कार्यान्वयन गर्छ । ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय गरी २ वटा कार्यक्रम शिक्षा विभागका छन् ।

‘पिउने पानी तथा सार्वजनिक शौचालय’ सार्वजनिक निजी साझेदारी एकाइले कार्यान्वयन गर्छ । ‘डुवान समाधान’ विपद व्यवस्थापन विभागले, ‘अनुसन्धान र अन्वेषण’ सहरी योजना आयोगले, ‘न्याय चौतारी’ कानुन तथा मानव अधिकार विभागले’, ‘इ रेन्टल’ राजस्व विभागले, ‘एग्रो पुलिङ् परियोजना’ कृषि तथा पशुपन्छी विभागले र ‘मेट्रो मार्ट’ सहकारी विभागले कार्यान्वयन गर्छ ।

  • Related Posts

    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सार्वजनिक बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले पछिल्लो समय सरकारी अस्पतालमा बिदाको दिन ओपिडी सेवा बन्द…

    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    काठमाडौँ । श्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई पार्टीको तर्फबाट दिएको सुझावमा श्रम संकृति पार्टीले जनताद्वारा प्रत्यक्ष चुनिने कार्यक्रारी प्रमुख…

    पहिलो

    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    • April 23, 2026
    • 22 views
    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    • April 23, 2026
    • 7 views
    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    • April 23, 2026
    • 19 views
    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    मन्त्रिपरिषद्को निर्णय ?

    • April 23, 2026
    • 18 views
    मन्त्रिपरिषद्को निर्णय  ?

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 114 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 16 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ