बाढीपहिरो र डुबानको असर परेन, वीरगञ्जका दुवै भन्सार नाकामा

पर्सा । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै भन्सार नाका नियमित रूपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार कार्यालयमा भन्सार जाँचपासको प्रक्रिया भने अहिलेसम्म रोकिएका छैनन् ।

मुलुकको कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट झन्डै आधा आयात हुने गर्छ तर अहिलेसम्म यी दुवै नाकामा निर्बाध रूपमा आयात-निर्यात भइरहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बाढीपहिरोले राजमार्ग अवरुद्ध भए पनि भन्सार जाँचपासको प्रक्रिया रोकिने काम नभएको बताए। “अहिलेसम्म राजमार्ग अवरुद्ध भएकै कारणले भन्दै व्यवसायीहरूले वस्तु तथा सामानको भन्सार जाँचपासको प्रक्रिया रोकेका छैनन्,” उनले भने “राजमार्ग अवरुद्ध हुँदा भारतबाट आयात हुने समानमा समस्या हुने गरे पनि तेस्रो मुलुकबाट आयात हुने सामानमा कुनै समस्या देखिएको छैन ।”

प्रमुख भन्सार प्रशासक लामिछानेले सडक अवरुद्ध भएको कारणले भन्सार जाँसपास गरेका सामान गन्तव्यमा पुर्‍याउन पाइएन भन्ने खालका गुनासा अहिलेसम्म नआएको दाबी गरे। “सडक अवरोध भएकै कारणले भन्सार जाँचपास गराउन सकिएन भन्ने खालका गुनासा आजका दिनसम्म आएका छैनन्,” उनले भने “अहिले चितवन, हेटौँडा जाने मालवाहक सवारीसाधन नियमित चलेकाले पनि कुनै ठूलो समस्या देखिएको छैन ।”

वीरगञ्ज भन्सार नाका हुँदै करिब ६० प्रतिशत पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हुने गर्छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको अवधिमा ४३ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात् ३२ अर्ब ५४ करोड ५५ लाख राजस्व संकलन भइसकेको छ । असोज महिनामा मात्रै १७ अर्ब ४२ करोड लक्ष्य राखिएकामा छ अर्ब ९५ करोड राजस्व संकलन भइसकेको छ । बाढीका कारणले वीरगञ्ज भन्सार कार्यालय मात्रै नभई सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पनि कुनै असर नपारेको बताइएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले अविरल वर्षापछि पनि भन्सार जाँचपासको काम भने नरोकिएको बताए। “अहिले पनि व्यवसायीहरूले दैनिक जसो भन्सार जाँचपासको प्रक्रिया अघि बढाइरहनुभएको छ”, उनले भने “अहिलेसम्म व्यवसायीले राजमार्ग अवरुद्ध भएर वस्तु तथा सामान लैजान अप्ठेरो भएको भन्ने गुनासो गर्नुभएको छैन ।”

प्रमुख भन्सार अधिकृत बरुवालले चाडपर्वको बेला भएकाले पनि व्यवसायीले जाँचपास गराउने काम धमाधम गरिरहेको बताउँछन् । “शनिबार बिदाको दिन भएकाले खासै भन्सार जाँचपासको काम हुँदैन । आइतबार र सोमबार भने भन्सार जाँचपासको काम सामान्य दिनको तुलनामा कमै भएको थियो,” उनले भने “मंगलबार भने भन्सार जाँचपासको काम भने धेरै नै भएकाले पनि राजस्व पनि बढ्यो ।”

प्रमुख भन्सार अधिकृत बरुवालले राजमार्ग अवरुद्ध भएर गाडी नपाउने समस्या भएको खण्डमा अबका केही दिनभित्रै भन्सार जाँचपासमा समस्या देखिन सक्ने दाबी गरे। भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई असोज महिनाका लागि मात्रै चार अर्ब ८३ करोड २० लाख ४८ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । तर असोज महिनाको १५ दिनको अवधिमा मासिक लक्ष्यको ४८ प्रतिशत राजस्व संकलन गरिसकेको छ । “चालु आवमा विदेशी मदिराको आयातले राजस्व संकलनमा ठूलो योगदान दिएको छ,” उनले भने “मंगलबार मात्रै ११ करोडभन्दा धेरै राजस्व मदिराजन्य पदार्थबाट संकलन भएको छ ।”

सुक्खा बन्दरगाह कार्यालयले औसतमा दैनिक १५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखे पनि अहिले औसतमा सरदर ११ देखि १२ करोडको हाराहारीमा संकलन हुँदै आइरहेको छ । गत आर्थिक वर्ष २०८०/८१ कुल १५ खर्ब ९२ अर्ब आठ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालयको योगदान ३४ दशमलव ३० प्रतिशत अर्थात् पाँच खर्ब ४५ अर्ब ४३ थियो ।

त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयको आयातको योगदान १२ दशमलव ७८ प्रतिशत अर्थात् दुई खर्ब तीन अर्ब ६३ करोड रहेको छ । कुल आयातमध्ये वीरगञ्जका दुई भन्सार कार्यालयबाट हुने आयातको हिस्सा भने ४७ दशमलव ०८ प्रतिशत रहेको छ ।

  • Related Posts

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३…

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 36 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 30 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 43 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 189 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 54 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 52 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ