बाढी प्रभावित क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै

काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै गएको छ । बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न जिल्लामा खम्बा ढल्ने, तार चुँडिनेलगायत कारणले अवरुद्ध टेलिफोन सेवा मर्मतपछि सहज बन्दै गएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता हरि ढकालले भने, “काठमाडौँ, भक्तपुर, धादिङ, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथरलगायत बाढी प्रभावित जिल्लामा केही समय अवरुद्ध भए पनि अहिले सेवा सञ्चालन भइसकेको छ । बिजुली नभएकाले काभ्रेपलाञ्चोक र ललितपुरका केही स्थानमा सञ्चालन हुन बाँकी सेवा यथाशीघ्र सञ्चालनका लागि प्रयास भइरहेको छ ।”

बाढी, पहिरो र डुबानपछि सरकारले इलाम, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, नुवाकोट, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडीलगायत २१ जिल्लालाई प्रभावित जिल्लाका रूपमा राखेको थियो ।

टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असोज १० देखि १२ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब रु. ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रूपमा नआइसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । टेलिफोन सेवा प्रदायक दुई कम्पनी दूरसञ्चार (एनटिसी) र एनसेल आजिअटा लिमिटेड ९एनसेल० को मात्र करिब रु. २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

“एनटिसीको करिब रु. १५ करोड र एनसेलको करिब रु सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । हालसम्म १५ इन्टरनेट सेवा प्रदायकबाट विवरण संलग्न भइसकेको छ । ती कम्पनीको करिब रु. साढे सात करोड बराबरको क्षति भएको हुनसक्ने प्राधिकरणको भनाइ छ ।

नेपाल टेलिकमले नेपालीको महान् चाड दसैँ, तिहार तथा छठलगायतका विभिन्न पर्वका अवसरमा आफ्ना ग्राहकका लागि दसैँ अफर उपलब्धसमेत गराएको छ । टेलिकमका प्रवक्ता ढकालका अनुसार असोज १३ देखि अगामी कात्तिक २३ सम्म दसैँ अफर उपलब्ध गराइनेछ । सो अफरअन्तर्गत सहुलियत दरका ‘भ्वाइस’, ‘डाटा’ तथा ‘एफटीटीएच’का ‘प्याकेज’ हरू आजदेखि प्रारम्भ भई आगामी कात्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् ।

यस अफरअन्तर्गत साविकका एफटिटीएचका प्याकेजमा साविककै मूल्यमा थप ‘ब्याण्डविथ’ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबिपिएस गतिका एफटिटिएच डाटा कम्बो प्याकेजमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबिपिएस ब्याण्डविथ कायम गरिएको टेलिकमले जनाएको छ ।

यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवं प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहने प्रवक्ता ढकालले बताए । साथै एफटिटिएच नयाँ जडानमा जडान शुल्क रु. ५०० मिनाहा समेत गरिएको छ । यसैगरी दसैँ अफरअन्तर्गत नै जिएसएम सेवाका ग्राहकका लागि रु. ७९९ मा अल नेट ‘अनलिमिटेड भ्वाइस’ सुविधा, ४५ जिबी डाटा र ५०० ‘अल नेट एसएमएस’ सुविधासहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको कम्पनीमार्फत जनाएको छ ।

अविरल वर्षा हुँदा बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बनेको इन्टरनेट सेवा सहज बन्दै गएको प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिए । उनले भने, “पछिल्लो समयमा भएको बाढी, पहिरो र डुबानका कारण बिजुलीको खम्बा ढलेर र तार चुँडिएर केही जिल्लामा केही समय इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको थियो, तर अहिले बाढी र पहिरोका कारण खम्बा ढलेर बिजुली नभएको ठाउँभन्दा अन्य सबै जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा सञ्चालन भइरहेको छ ।”

उनका अनुसार काभ्रेपलाञ्चोक र ललितपुरका कुनै कुनै ठाउँमा बिजुलीको खम्बा ढलेका कारण इन्टरनेटमा समस्या देखिएको र त्यसलाई पनि सकेसम्म दसैँ अगावै समाधान गर्न प्रयास भइरहेको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 53 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 122 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views