बाल दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी र सडक नाटक प्रदर्शन-

दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगंज, २९ भदौ । ६० औँ राष्ट्रिय बाल दिवस वीरगंज लगायत देशैभर विविध कार्यक्रम गरी मनाइएको छ । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नारासहित दिवसका अवसरमा आज वीरगंजमा प्रभातफेरी निकाल्नुका साथै र सडक नाटक प्रदर्शन गरिएको छ । वीरगंजको घण्टाघरबाट सुरु भएको प्रभातफेरी माइस्थान चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुन घण्टाघर आएर सभामा परिणत भएको थियो ।प्रभातफेरीमा सहभागीहरुले ‘बाल संरक्षण, बालबालिकाको अधिकार, कसैले पनि नगरौँ दुव्र्यवहार’, ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’, ‘सुखी नेपाल, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ लगायतका नारा अंकित प्लेकार्ड समेत बोकेका थिए ।

प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई आफूहरुले प्राथमकितामा राखेर योजना बनाउनुका साथै काम गरिरहेको बताउनुभयो । पढ्ने अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने कुरामा आफूहरु सचेत रहेको उल्लेख गर्दै उहाँले लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति अंगिकार गरिएको समेत बताउनुभयो ।

यस्तै महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रकै भविष्य निर्धारण गर्ने हुँदा त्यसमा वीरगंज महानगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताउनुभयो । बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार शोषण लगायत बालबिवाहजस्ता कूप्रचलनका घटनाहरु पूर्ण रुपमा न्यूनीकरण गर्दै बास्तविक बाल अधिकार प्रवद्र्धन गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको भन्दै उहाँले त्यसका लागि सबैसँग वीरगंज महानगर हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले स्वास्थ्य तथा शिक्षामा बालबालिकाको पहुँच बृद्धि गर्दै उनीहरुको शैक्षिक अधिकार सुनिश्चित गर्न माद्यमिक तहसम्मको शिक्षा प्राप्तिमा महानगरले निशुल्क व्यवस्था मिलाएको पनि बताउनुभयो ।

कार्यक्रममा लागु पदार्थ दुव्र्यसन र बालविवाहका बारेमा सचेतना फैलाउने सडक नाटक समेत बालबालिकाहरुले प्रदर्शन गरेका थिए ।

वीरगंज महानगरपालिकाको आयोजना तथा टिपिओ नेपाल, आवर संसार र लाइफ नेपालको सहकार्यमा आजको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. ४ का वडाअध्यक्ष जगत साह कानु, माइती नेपालकी गोमा पौडेल, सामाजिक अभियन्ता अनिषकान्त कुशवाहा, लगायत बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

दिवसकै अवसरमा आइतबार (भोली) महानगरका प्रमुख र उपप्रमुखसँग बालबालिकाको अन्तरसम्बाद कार्यक्रम राखिएको महानगरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख रंजना पंडितले जानकारी दिनुभयो ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको कुरा उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिएका छन् ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 43 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 53 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views