बोर्डको अधिकारिक आँकडा: फिल्म ‘जेरी अन टप’ ले शनिबारसम्म कमायो साढे ६ करोड

काठमाडौँ । अनमोल केसीको फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

चलचित्र विकास बोर्डले फिल्मको गत शनिबारसम्मको सार्बजनिक गरेको आधिकारिक ग्रस कमाइमा देशभर ६ करोड ५१ लाख रूपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको १ लाख ९९ हजार ३९६ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ ।

निर्माण पक्षले भने आइतबार १० दिनमा फिल्मले विश्वभर १२ करोड ग्रस कमाई गरेको जानकारी दिएको थियो । फिल्मलाई दर्शकले रुचाएका कारण अहिले पनि देशभरका धेरै जसो हलमा हाउसफुलका साथ चलिरहेको छ ।

सुयोग गुरूङ निर्देशित एड्भेन्चर–लभस्टोरी जनराको ‘जेरी अन टप’ मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङले मुख्य अभिनय गरेका छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ ।

बोर्डले सार्बजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार दशैमा रिलिज भएको फिल्म बलिदानले ५ करोड ७ लाख ३१ हजार ३५२ ग्रस कमाई गरेको छ भने हरि बहादुरको जुत्ताले ४ करोड ७० लाख ४३ हजार ८८७ ग्रस कमाई गरेको छ । त्यस्तै माइतीघरले ४ करोड १२ लाख १७ हजार २०८ कमाई गरेको छ ।

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 76 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 50 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 73 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 79 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 114 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 100 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-