भोजपुरी प्रतिष्ठानको पहलमा सामुदायिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न, सञ्जु कुमारी प्रथम-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०४ पौष । भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजना तथा वीरगंज कलाकार समाज पर्साको सहकार्यमा शुक्रबार अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा वीरगंज महानगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा सहभागीमध्ये श्री शारदा माध्यमिक विद्यालयकी छात्रा सञ्जु कुमारी बैठा प्रथम, श्री महानन्द प्र. उपाध्याय माध्यमिक विद्यालयका मनन महतो द्वितीय तथा श्री द्वारदेवी माध्यमिक विद्यालयका सञ्जिव राम तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कदर–पत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरी सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख सिंहले भोजपुरी भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा भोजपुरी प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा प्रतिष्ठानलाई विशेष प्याकेज तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमहरूले विद्यार्थीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले बालबालिकाको सिर्जनात्मक क्षमता विकासका लागि चित्रकलाजस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै महानगरपालिकाले शैक्षिक तथा सांस्कृतिक गतिविधिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।

शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यालयस्तरमै कला र साहित्यको अभ्यासले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।

वरिष्ठ लेखक दिनेश गुप्ताले भोजपुरी भाषा र लोकसंस्कृतिको संरक्षणका लागि नयाँ पुस्तालाई यस्ता प्रतियोगितामार्फत जोडिनु सकारात्मक संकेत भएको बताउनु भयो ।

कार्यक्रम सञ्चालन माधुरी महतोले गर्नुभएको थियो । प्रतिष्ठानकी अध्यक्ष अनिता साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगंज कलाकार समाज पर्साका सचिव सञ्जय गिरी, कार्यक्रम संयोजक तथा भोजपुरी प्रतिष्ठानका कार्यसमिति सदस्य मुकेश महतो, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, सञ्चारकर्मी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 76 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 73 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views