मन्त्री नबन्दै विवादमा तानिए खगेन्द्र सुनार: महिलामाथि अभद्र टिप्पणी, पक्राउ पुर्जी सार्बजनिक

काठमाडौँ । खगेन्द्र सुनार मन्त्री नबन्दै विवादमा तानिएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा श्रम तथा रोजगारमन्त्री बन्न लागेका सुनारमाथि महिलामाथि गैरजिम्मेवारपूर्ण व्यक्तिगत र टिप्पणी गरेको विषय सामाजिक सञ्जाल र मिडियामा भाइरल बनेको छ ।

सुनारमाथि स्वास्थ्यकर्मीमाथि हातपात, बहुविवाह, विद्युतीय कारोबार र अदालतको अवहेलनासम्बधी जाहेरी समेत परेको पाइएको छ । 

मन्त्री बन्नेको सूचीमा उनको नाम सार्बजनिक भएसँगै सुनारविरुद्ध सुर्खेत जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दामा सुनारलाई प्रतिवादी बनाएका थिए ।  

अदालतले २०८१ असार २१ गते सुनारविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो । दैलेख, नारायण नगरपालिका–२ भैसेखोर बस्ने ३१ वर्षीय सुनारलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, दैलेखलाई निर्देशन दिएको थियो । 

अहिले सामाजिक सञ्जालमा विवादित व्यक्तिलाई मन्त्री बनाउन लागेको विरोध भइरहेको छ । साथै उनले एक अधिवक्ता बारे गरेको अभद्र टिप्पणी समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 19 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 194 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-