महानगर प्रमुख सिंह द्वारा बस दुर्घटनामा ज्यान गुमाएका महतोको दुई जना बच्चालाई नि: शुल्क शिक्षा-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०२ असोज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सिमलताल पहिरोमा परी बेपत्ता भएका एन्जल बसका चालक वीरगंज १६ का जवाहिर महतोका बच्चालाई भेट गर्दै उनीहरुको नि:शुल्क पठनपाठनको व्यवस्था मिलाउनु भएको छ ।

उहाँले वडा नं. १६ नगवा स्थित सनलाइट मा.वि. मा दुबै जना बालकहरुको निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाउन लगाउनु भएको हो । श्याम कुशवाह कक्षा ४ र बिट्टु कुशवाह UKG मा अध्ययन गरिरहेका छन् ।
सनलाइट मा.वि.का प्रधानाध्यापक आलोक चौरसियाले महानगर प्रमुखको आग्रहमा बालकहरुलाई कक्षा १२ सम्म निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

वीरगञ्ज बाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौं बाट गौर तर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई गएको असार २८ गते नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 41 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 40 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 25 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 50 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 98 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 85 views