महानगर सँग समन्वय गर्दै अघि बढ्न तयार छौं : शिक्षक महासँघ, बीरगंज

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १८ भदौ । दरबन्दी मिलानमा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघ वीरगंज महानगर सँग समन्वय गरेर अघि बढ्न तयार भएको छ ।

मंगलबार महानगरपालिका र शिक्षक महासंघका प्रतिनिधिहरु बीच छलफल भए सँगै महानगरको शैक्षिक वातावरणमा कुनै पनि असर नपार्ने गरि आफुहरु महानगरको उद्देश्य अनुरुप अघि बढ्न तयार भएको जनाएको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शिक्षकहरुलाई कुनै समस्या भए सम्बोधन गर्न आफू तयार रहेको बताउनु भयो । कुनै त्रुटी भए सच्याउन आफू सँधै तयार रहेको भन्दै उहाँले त्यसका लागि शिक्षकहरु पनि आन्दोलन छाडेर छलफलमा आउनुपर्ने बताउनु भयो ।

यस्तै महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले शिक्षकहरुले आफ्ना समस्या सम्बन्धित स्थानमा राख्नु पर्नेमा शैक्षिक वातावरण नै विगार्ने गरि वक्तब्यबाजी गर्दै हिँड्नु शोभनीय नभएको भन्दै आउँदा दिनमा यस्ता कमजोरी आउन नदिन सचेत गराउनु भयो । उहाँले शिक्षकहरु आफ्नै परिवारका भएकाले उनीहरुको समस्या आफ्नो पनि समस्या रहेको भन्दै छलफल मार्फत नै समाधान निस्कने विश्वास दिलाउनु भयो । ‘तपाईहरुको समस्या तपाईहरुको मात्रै हैन हाम्रो पनि हो, समस्या समाधानमा हामी गम्भीर छौं, ‘तर यहाँ आएर छलफल गर्नुको सट्टा बाहिर बाहिर वक्तब्यबाजी गर्दै हिड्दा समस्या कहाँ सुल्झन्छ र ? उहाँले प्रश्न गर्नुभयो । स्थानीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै खटाइएको स्थानमा गएर शैक्षिक कृयाकलाप अघि बढाउनु शिक्षकहरुको दायित्व भएको पनि उहाँले स्पष्ट पार्नु भयो ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्णले शिक्षकहरुको मानसम्मानमा आघात नपुग्ने गरि निर्णय गरिएको र यसमा पनि कुनै समस्या रहेको भए आफुहरु सच्चाउन तयार रहेको बताउनु भयो । शिक्षा समितिको निर्णय बमोजिम नै दरबन्दी मिलानको काम गरिएकाले त्यसमा अप्ट्यारा परेका शिक्षकहरुले आफ्नो असहमति खुलाएर महाशाखालाई जानकारी गराए पुनरावलोकनका लागि समितिमा लैजान आफू सँधै तयार रहेको बताउनु भयो ।

छलफलमा शिक्षक महासंघका नगर समिति अध्यक्ष प्रदीप जयसवालले आफु र आफ्ना शिक्षक साथीहरुको समस्या समयमै सम्बोधन नहुँदा आफुहरु विभिन्न ठाउँमा दौडन बाध्य भएको बताउनुभयो । वास्तविक समस्यामा परेका शिक्षकहरुको माग सम्बोधन गर्न महानगर तयार देखिएकाले बाँकी असहमतिका कुराहरु आपसी समन्वयमा समाधान गर्न आफुहरू तयार भएको बताउनु भयो ।

छलफलमा महासंघका महानगर सचिव सुमु प्रसाद सोनार (सन्तोष), विजय यादब लगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 46 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 42 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 52 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views