महान्यायाधिवक्ताको कार्यालयको निर्णयले इन्टरनेट सेवा उद्योगलाई राहत- संघ

 इन्टरनेट सेवा प्रदायक संघले महान्यायाधिवक्ताको कार्यालयको पछिल्लो निर्णयले इन्टरनेट सेवा उद्योगलाई पनि राहत दिएको जनाएको छ । 

संघका अध्यक्ष सुधिर पराजुलीले इन्टरनेट सेवा महसुलसम्बन्धी विवादमा महत्वपूर्ण निर्णय गर्दै उपभोक्तालाई थप आर्थिक भार नपर्ने व्यवस्था स्पष्ट पारेको बताएका हुन् ।

लामो समयदेखि इन्टरनेट महसुल र दूरसञ्चार सेवा दस्तुरबारे अन्योल रहँदै आएकोमा अब कानुनी स्पष्टता आएको हो । महान्यायाधिवक्ताको कार्यालयले प्रचलित कानुनअनुसार इन्टरनेट सेवा प्रदायकहरूले लिँदै आएको शुल्क प्रणाली सही रहेको निष्कर्ष निकालेको छ ।

निर्णयअनुसार फिक्स्ड ब्रोडब्यान्ड सेवामा कुल शुल्कको ५० प्रतिशतसम्म राखिने मर्मत-सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर नलाग्ने र बाँकी सेवा शुल्कमा मात्र दस्तुर उठाउने अभ्यास कानुनी रूपमा ठीक रहेको महान्यायाधिवक्ताको कार्यालयको पछिल्लो निर्णयले स्पष्ट गरेको संघको ठहर छ ।

यसले मर्मत-सम्भार शुल्कमा समेत थप कर लगाउनुपर्ने भन्ने तर्कलाई अस्वीकार गरेको छ। फलस्वरूप उपभोक्ताले थप शुल्क तिर्नु नपर्ने भएको छ भने इन्टरनेट सेवा प्रदायकहरूको व्यवसायिक स्थायित्व पनि सुरक्षित भएको संघले उल्लेख गरेको छ ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा इन्टरनेट विस्तार, उच्च गतिको सेवा, रोजगारी सिर्जना र अर्बौँ लगानीमार्फत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको र देशका दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तारमा पनि उनीहरूको भूमिका उल्लेखनीय रहेको संघले बताएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्थाले यस निर्णयलाई स्वागत गर्दै सम्बन्धित सरकारी निकायप्रति धन्यवाद व्यक्त गरेको छ। सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाका रूपमा लिँदै डिजिटल विकासको आधार मानेको अवस्थामा यो निर्णयले सस्तो र सर्वसुलभ इन्टरनेट पहुँच कायम राख्न थप मद्दत पुग्ने विश्वास संघले गरेको छ ।

महान्यायाधिवक्ता सबिता भण्डारीले वर्ल्ड लिंकविरुद्ध जाहेर भएको राजश्व छलीको मुद्धामा राय दिदै थप मुद्धा चलाउन नपर्ने भन्ने गरेको निर्णयको संघले स्वागत गरेको छ ।

  • Related Posts

    फरेन्सिक विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन मन्त्री पुनको प्रस्ताव

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना…

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २६ वर्षीय…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 52 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 60 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 26 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम