महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ

महोत्तरी । सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका-७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पुजारी कामेश्वर झाले बताए ।

परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यातसोनामाई मन्दिरमा हरेक वर्ष बडादसैँको सप्तमीदेखि लाग्ने मेला यस वर्ष आज बिहानैदेखि सुरु भएको अर्का पुजारी घनश्याम झाले बताए । बडादसैँको सप्तमीदेखि विजयादशमीका दिनसम्म चल्ने मेलामा हजारौँ पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्ने गर्छ ।

भूतप्रेतले सताइएका हजारौँ पीडितहरू प्रत्येक वर्ष यस मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले स्वस्थ हुने जनविश्वास रहेको अर्का पुजारी झगरु झा बत्ताउँछन् ।

वर्षौँदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरू सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकैको कसबाट सताइएको हो भन्नेबारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमा क्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दैपड्दै, रुँदैहाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्छन् र दरबारमा पुगेका पीडितहरू माताको दृष्टि परेपछि निको भई आ-आफ्ना घर फर्कने गरेको माताका अर्का पुजारी रमेश झाले बताए ।

विजयादशमीका दिनसम्म चल्ने मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत मुलुकका हेटौँडा, धरान, विराटनगर र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटनासम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेको कुरा माताका पुजारी घनश्यामले थपे।

घरघरमा भूतप्रेतबाट दुःख र पीडित भएका कारनी (पीडित)हरू आ-आफ्ना घरबाट रुँदै–कराउँदै यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट पीडामुक्त भई हाँस्दै जाने गरेको झाँक्री बताउँछन् । सोनामाई शक्तिपीठमा दर्जनौँ धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने २४ सैँ घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरूको पीडा हरण गर्ने गरेको पुजारी रमेशले बत्ताउँछन् ।

माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूतप्रेत नलाग्ने विश्वास यहाँका जनताको छ । यस वर्ष मेलामा सहभागी हुन चाहने भक्तजनका लागि औरही नगरपालिकाले रात्रि बासका साथै भोजन र सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको जनाएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 49 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 60 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 121 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 139 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 80 views