मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यन्वयनमा

काँक्रेविहार (सुर्खेत), असार १५ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानसिक स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना सम्बन्धी छलफलमा उहाँले पछिल्लो समयमा मानसिक समस्या भएका बिरामी बढ्दै गइरहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “बालबालिका, वयस्क, ज्येष्ठ नागरिक सबै मानसिक समस्याबाट पीडित छन् । यसको प्रवर्धनात्मक, निरोधात्मक र प्रचारात्मक कार्यक्रम गर्नुपर्छ ।” मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार गरिसकेको जानकारी दिनुभयो ।

सो सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न बजेट, योजना बनाएको बताउनुभयो । साथै कार्ययोजना अनुसार नै प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेशका युवा तथा बालबालिकाको विद्यमान अवस्थाबारे जानकारी गराउँदै मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले पछिल्लो समय कर्णालीका बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या चुनौतीका रूपमा देखापरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनचेतनाको अभावले अझै पनि झारफुक र धामीझाँक्रीको भरमा उपचार पर्नुपर्ने अवस्था छ ।” सिएमसी नेपालका प्राविधिक निर्देशक डा पशुपति महतले कर्णाली प्रदेशले मानसिक स्वास्थ्य समस्या समाधानका लागि पहिलो पटक कार्ययोजना बनाइ न्यूनीकरणका काम गर्न थालेकामा खुसी व्यक्त गर्नुभयो ।

  • Related Posts

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २४ जेठ । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 70 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 25 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 41 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 32 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 31 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 35 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची