मुआब्जा पिडित संघर्ष समिति द्वारा मंत्री द्वय गुप्ता तथा अधिकारी संग आफ्नो दुखेसो पोख्दै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बिरगंज १५ फागुन । नेपाल सरकारका सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपाल सरकारले बिरगंज स्थित सुख्खा बन्दरगाह बिस्तारका लागि अधिग्रहण गरेको जग्गाको पुर्ण मुआब्जा हालसम्म बितरण हुन नसकेकोमा आफू चिन्तित रहेको बताउनु भएको छ ।

पर्साको पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालयको उद्घाटन पश्चात् बिरगन्ज वडा नम्बर २५ सुख्खा बन्दरगाह स्थित अतिक्रमित गाउँ पुगेका गुप्ताले सो कुरा बताउनुभएको हो ।

बिरगंज वडा नम्बर २५ का जनताको समस्या बुझ्न त्यहाँ पुगेका गुप्तालाई स्थानियले स्वागत गर्नुका साथै वडावासिको समस्याबारे संसदीय बैठकमा आवाज उठाउन माग गरेका थिए । मुआब्जा पिडित संघर्ष समितिका बिजय कुमार तिवारीले बर्सौ देखि जग्गा अधिग्रहण गरेर सरकारले पिडितलाई मुआब्जा नदिदा स्थानियवासी मर्कामा परेको औल्याउँदै यो समस्यालाई तत्काल सम्बोधनका लागि आग्रह गर्नुभयो ।

भेटघाट कार्यक्रमा भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बाकी रहेको मुआब्जा सम्बन्धी आवस्यक प्रकृया अगाडि बढाई सकिएको जनाउँदै समस्याको निराकरण तुरुन्तै हुने आश्वासन दिनुभएको थियो ।

नेपाल सरकारले सुख्खा बन्दरगाह बिस्तारका लागि बिरगन्ज वडा नम्बर २५ को करिब ३ सय घरधुरी भएको ६२ बिघा जग्गा सात बर्ष अगाडी देखि रोक्का गरेर राखेको छ ।कार्यक्रममा मुआब्जा पिडित संघर्ष समितिका अशोक चौधरी, वडाध्यक्ष आशुतोष चतुर्बेदी, वडा नम्बर १७ का वडाध्यक्ष सन्जु छत्तकुली, सन्जय पटेल, भैयाराम प्रसाद, रामानन्द पटेल, शिव पटेल लगायतको सहभागिता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 73 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 70 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views