मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा

काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरुले हङ्गामा भएको छ ।

शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरुले हेर्न नपाएपछि तोडफोड र हङ्गामा गरेका छन् । स्टेडियम पुगेका मेसी छिट्टै स्टेडियमबाट बाहिर निस्किएपछि साल्ट लेक स्टेडियममा फ्यानहरूले कुर्सी र बोतलहरू फ्याँक्दै हंगामा मच्चाएका छन् ।

मेसीलाई हेर्न हजारौं फ्यानहरू भेला भएका थिए । यसबाहेक, उनीहरूले टिकटको लागि चर्को मूल्य तिरेका थिए । फ्यानहरुले हजारौं रकम तिरेर आएका फ्यानका लागि यो एकदमै निराशाजनक घटना भएको प्रतिक्रिया दिएका छन् । उनी केवल १० मिनेटको लागि आएका थिए । सबै राजनीतिज्ञ र मन्त्रीहरू उनको वरिपरि भेला भएका थिए । फ्यानहरुले मेसी केवल १० मिनेटको लागि आए र गएको बताएका छन् । यति धेरै पैसा, भावना र समय खेर गएको भन्दै फ्यानहरुले असन्तुष्टि जनाएका थिए । 

मेसी आजै हैदराबादको लागि प्रस्थान गरेका छन् । मेसीले हैदराबादमा प्रदर्शनी खेलमा पनि भाग लिने कार्यक्रम छ । यद्यपि, यो सम्पूर्ण हंगामाले प्रशासन र आयोजकहरूमाथि प्रश्न उठाइरहेको छ । महँगो टिकटको बावजुद, फ्यानहरूले मेसीलाई १० मिनेटको लागि मात्र हेर्न पाए, जबकि उनको प्रदर्शन दिउँसो १:३० बजे सुरु हुने तालिका थियो ।

फ्यानहरूले रंगशालामा तोडफोड पनि गरे र पालहरू पनि भत्काए । हजारौं फ्यानहरू रंगशालामा भेला भएका थिए । मेसीसँगै उरुग्वेका फुटबल दिग्गज लुइस स्वरेज र रोड्रिगो डे पल पनि उपस्थित थिए । तीनै जना अब हैदराबाद गएका छन् । मेसीले साल्ट लेक रंगशालाको परिक्रमा गरे र हजारौं प्रशंसकहरूको अभिवादन स्वीकार गरेका थिए । मेसीका प्रशंसकहरू अर्जेन्टिनाको जर्सी लगाएर आएका थिए ।

  • Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 79 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 75 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 128 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 143 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views