मोरङ र सुनसरीमा काँग्रेसबाट को को बने उम्मेदवार ?

नेपाली कांग्रेसले मोरङ र सुनसरीका सबै क्षेत्रमा उम्मेदवार टुंगाएको छ । काँग्रेसले मोरङ- १ मा प्रदेश सहमहामन्त्री खड्ग फागोलाई उम्मेदवार बनाएको छ भने 

मोरङ- २ मा डा. मिनेन्द्र रिजालले टिकट पाएका छन् । २०७४ मा यसै क्षेत्रबाट विजयी भएका रिजालले २०७९ को चुनावमा टिकट पाएका थिएनन् । त्यस्तै मोरङ- ३ मा सुनिलकुमार शर्मा उम्मेदवार बनेका छन् । उनले अघिल्लो निर्वाचन सोही क्षेत्रबाट जित हासिल गरेका थिए ।

त्यसैगरी मोरङ-४ बाट महामन्त्री गुरूराज घिमिरे उम्मेदवार बनेका छन् । यस क्षेत्रबाट यसअघि लगातार दुई अमनलाल मोदी यस पटक पनि नेकपाबाट उम्मेदवार रहेका छन्  । घिमिरे भने पहिलो पटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । त्यस्तै काँग्रेसले मोरङ-५ बाट फुलकुमार लालबानीलाई उम्मेदवार बनाएको छ । 

त्यसैगरी मोरङ- ६ बाट डा. शेखर कोइराला उम्मेदवार बनेका छन् । कोइराला अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

त्यसैगरी काँग्रेसले सुनसरी-१ बाट क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई उम्मेदवार बनाएको छ । उनको प्रतिष्पर्धा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग हुने भएको छ । त्यस्तै सुनसरी- २ मा कांग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ । 

त्यस्तै सुनसरी-३ बाट यसअघि विजय गच्छादारलाई टिकट दिइएको बताइए पनि उनको टिकट काटिएको छ र दुहबी नगरपालिकाका प्रमुख वेद गच्छदारलाई टिकट दिइएको छ । त्यस्तै सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । सो क्षेत्रबाट उनी अघिल्लो निर्वाचनमा विजयी भएका थिए ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 72 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 64 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 126 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views