मौलिक हकको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकले आवश्यक पाउनुपर्ने तर कानुनले गोप्य राख्नुपर्ने वा सरोकार नै नभएका विषयमा सूचना थुपार्नका लागि माग्ने अभ्यासको अर्थ आफूले नबुझेको टिप्पणी गरे ।

उनले भने- ‘हामीले लामो संघर्ष गरेर लोकतन्त्र ल्याएको हो । स्वतन्त्रता र सूचनाको हकका जस्ता हकका लागि म आफै जेलनेल लडेर आएको हो । संविधानमा हामीले जानी बुझीकन मौलिक हकहरुको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गर्नुपर्छ भन्नेमा अहिलेको सरकार स्पष्ट  छ । हामी सबै फराकिलो, स्वतन्त्र र अनुशासित समाज चाहान्छौँ । परिपूर्ण लोकतन्त्र हाम्रो माध्यम हो, जसभित्र सूचनाको हकसहित सबै हक समावेश गरिएको हुन्छ । यहाँ मतलवै नभएको विषयमा पेसेवार सूचनाको हक माग्नेहरु छन् । व्यक्तिका गोपनीयता र अनुसन्धानका क्रममा रहेका विषयमा पनि सूचना पाउनुपर्छ भनेर ढिपी गर्नेहरु छन् । समाज र राज्यमा कतिपय विषय गोप्य नरहने भन्ने हुँदैन । हामीले सपथ ग्रहण गर्दा आवश्यक काम पर्दा बाहेक प्रकट वा व्यक्त गर्ने छैन भन्ने सपथ लिइएको हुन्छौँ । त्यसकारण हामी सबै आफ्नो अनुशासन र मर्यादामा रहँदै मौलिक हकको कार्यान्वयनमा लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले सरकार र सूचना आयोगबीच कुनै अधिकारको लडाइ र तानातान नरहेको बताउँदै मौलिक हकको कार्यान्वयनका क्रममा देखिएका समस्यालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जाललाई दर्ता र करको नियमनमा ल्याउने  र समाजलाई व्यवस्थित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको पनि बताए ।

कार्यक्रममा सूचनाको हकका अभियन्ता, उत्कृष्ठ सूचना अधिकारी, पत्रकार, कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो ।

  • Related Posts

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    विराटनगर । रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेको  प्रकरणमा विद्यालयले माफी मागेको छ ।  ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका-२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय ल अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरले…

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    काठमाडौँ । नेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै यस्तो अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय…

    पहिलो

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 31 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    • April 28, 2026
    • 22 views
    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

    • April 28, 2026
    • 23 views
    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    • April 28, 2026
    • 20 views
    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    • April 28, 2026
    • 24 views
    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ