म्याग्दीमा सदरमुकाम बाहिरका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै

गलेश्वर (म्याग्दी), १९ असार : हिमाली जिल्ला म्याग्दीमा सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको जिल्लामा हालसम्म ३० किलोमिटर सडक कालोपत्र भएको छ ।

विसं २०७७ सम्म जिल्लामा सदरमुकाम बेनीबजार वरपर र बेनी नगरपालिकाको क्षेत्रमा जम्मा ११ किमी सडक कालोपत्र भएकामा चालु आर्थिक वर्षमा थप १६ दशमलव दुई किमी सडक कालोपत्रको अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख विष्णु पौडेलले चालु आवमा बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव दुई किमी सडक कालोपत्रसहित आरसिसी र पिसिसी ढलानको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । छ किमी ग्राभेल, १० किमी नयाँ मार्ग खोल्ने, १५ किमी सडक विस्तार, चार किमी नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको उहाँले बताउनुभयो ।

“विसं २०७७ सम्म बेनी नगरपालिका क्षेत्रभित्र बेनीबजार, बेनी–गलेश्वर र बेनी–रत्नेचौर, बेनी–महारानी थानको ११ किमी सडकबाहेक नगरपालिका बाहिर कालोपत्र भएको थिएन”, प्रमुख पौडेलले भन्नुभयो, “यसअघि बेनी–१ रत्नेचौर र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सदरमुकाम बाहिर पहिलोपटक सडक कालोपत्र भएको थियो ।”

सडक विभागले म्याग्दीको बेनी–जोमसोम सडक, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर घार खिवाङ शिख चित्रे, प्रदेश सरकारले बेनी–दरवाङ र गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्र गरिरहेको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा चालु आवमा थप १६ किमीभन्दा बढी सडक कालोपत्र गर्ने आयोजना अन्तिम चरणमा पुगेको प्रमुख पौडेलले बताउनुभयो ।

सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुलसम्बन्धी नयाँ ७० आयोजनामध्ये ११ आयोजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकामा चारवटा ठेक्काको मूल्याङ्कन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सालबसाली २३ आयोजनाको ठेक्का र १३ वटा उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । सातवटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । चार आयोजनाको ठेक्का सम्झौता भएर काम सुरु भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ आयोजना अन्तिम चरणमा छन् ।

चालु आवमा कुल रु ७१ करोड ३७ लाख बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । गत आवमा १३ दशमलव २८ किमी पक्की सडक, सात दशमलव दुई किमी ग्राभेल, २३ दशमलव २७५ किमी माटे सडक निर्माण भएको थियो ।

यस वर्ष पाँच दशमलव छ किमी दूरीको गलेश्वर–पीपले–भगवती सडक कालोपत्र र दरवाङ–धारापानी सडकको छ किमी सडक र छ सय मिटर ग्राभेल सकिएको छ । बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड र लाम्पाटा–ढाडखर्क खण्डमा करिब आठ किमी कालोपत्र भएको छ ।

रु २० करोड लागत अनुमान गरिएको बेनी–पाखापानी, रु २५ करोड लागत अनुमान गरिएको धारापानी–ताकम–शिवाङ कालोपत्र गर्न आह्वान गरिएको ठेक्का प्रस्ताव मूल्याङ्कन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुासर बेनी–भकिम्ली, अदिभारा–डाडागाउँ र पखेर–बरंजा सडक स्तरोन्नतिका लागि रु १०–१० करोड बजेटको आयोजना ठेक्का लागेको छ ।

दरवाङ–बिम सडक कालोपत्र गर्न रु २५ करोडको बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितता भइसकेको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले जानकारी दिनुभयो ।

  • Related Posts

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ ।  दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक,…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 50 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 60 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 121 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 139 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views