यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा बाग्मती प्रदेशको पहाड र सुदुरपश्चिम प्रदेशको तराइका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले  पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

  • Related Posts

    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    काठमाडौं । नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा बस्ने उदयपुर घर भएका ३८ वर्षीय मिलन कुमार तामाङ, काठमाडौं…

    जबरजस्ती करणी

    उदयपुर । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वेलका नगरपालिका-४ गौरीशंकर शिवालय टोल बस्ने ४५ वर्षीय हरि आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।  हरिले ती महिलालाई जबरजस्ती करणी गरेको…

    पहिलो

    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    • April 28, 2026
    • 15 views
    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    जबरजस्ती करणी

    • April 28, 2026
    • 16 views
    जबरजस्ती करणी

    विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्धा दायर

    • April 28, 2026
    • 20 views
    विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्धा दायर

    नेप्से २६.१६ अंकले घट्यो

    • April 28, 2026
    • 17 views
    नेप्से २६.१६ अंकले घट्यो

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अधिवक्ताहरूसँग विशेष छलफल गर्दै

    • April 28, 2026
    • 16 views
    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अधिवक्ताहरूसँग विशेष छलफल गर्दै

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 33 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु