युद्धको असर गहिरिँदै, ७ लाख ७० हजार बालबालिका मानिसक पिडाबाट प्रभावित

काठमाडौँ । लेबनानमा जारी हिंसा, विस्थापन र त्रासदीपूर्ण घटनाको सबैभन्दा बढी असर बालबालिकामाथि परिरहेको भन्दै युनिसेफले गम्भीर चिन्ता व्यक्त गरेको छ । गत अप्रिल १७ मा युद्धविराम सहमति भए पनि पछिल्लो सात दिनमै कम्तीमा ५९ जना बालबालिका मारिएको वा घाइते भएको युनिसेफले जनाएको छ । 

युनिसेफका अनुसार शुक्रबार बिहान भएको एक आक्रमणमा एउटै परिवारका दुई बालबालिका र उनीहरूकी आमाको कारमै मृत्यु भएको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविरामपछि हालसम्म कम्तीमा २३ बालबालिकाको मृत्यु भएको छ भने ९३ जना घाइते भएका छन् । मार्च २ यता कुल २०० बालबालिकाको ज्यान गएको र ८०६ जना घाइते भएको तथ्यांक सार्वजनिक गरिएको छ । यो औसतमा दैनिक करिब १४ बालबालिका मारिने वा घाइते हुने अवस्था रहेको युनिसेफले जनाएको छ ।

युनिसेफका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक एडुआर्ड बेइगबेडरले बालबालिका विद्यालय फर्किनुपर्ने, साथीहरूसँग खेल्नुपर्ने र डर तथा अस्थिरताबाट मुक्त हुनुपर्ने समयमा उनीहरू नै हिंसाको सिकार भइरहेको बताएका छन् । उनले करिब एक महिनाअघि युद्ध रोक्ने र हिंसा अन्त्य गर्ने सहमति भए पनि वास्तविक अवस्था फरक देखिएको बताए । निरन्तरको आक्रमणले बालबालिकालाई मार्ने, घाइते बनाउने र उनीहरूको मानसिक आघात अझ गहिरो बनाइरहेको उनको भनाइ छ ।

युनिसेफका अनुसार बमबारी र हवाई आक्रमणको प्रत्यक्ष असरभन्दा बाहिर पनि करिब ७ लाख ७० हजार बालबालिका हिंसा, विस्थापन र परिवार गुमाउनुको मानसिक पीडाबाट प्रभावित छन् । बालबालिका तथा उनीहरूका अभिभावकमा अत्यधिक डर, चिन्ता, नराम्रो सपना देख्ने, निद्रा नलाग्ने तथा निराशा जस्ता समस्या देखिएको बताइएको छ । सुरक्षित वातावरणमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग नपाए ती बालबालिकामा दीर्घकालीन मानसिक समस्या विकास हुन सक्ने चेतावनी युनिसेफले दिएको छ ।

युनिसेफको सन् २०२५ को बालबालिकामुखी द्रुत मूल्यांकन प्रतिवेदनअनुसार सन् २०२४ को सैन्य तनावपछि बालबालिकाको मानसिक स्वास्थ्य अवस्था तीव्र रूपमा बिग्रिएको थियो। प्रतिवेदनमा ७२ प्रतिशत अभिभावकले आफ्ना बालबालिका अत्यधिक चिन्तित वा डराएको बताएका थिए भने ६२ प्रतिशतले बालबालिका उदास र निराश बनेको बताएका थिए ।

बेइगबेडरले पटक–पटकको द्वन्द्व, विस्थापन र असुरक्षाले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पार्ने बताएका छन् । तत्काल सहयोग नपाए अहिलेको संकटका मानसिक घाउ वर्षौंसम्म रहने र यसले बालबालिकाको भविष्यसँगै देशको भविष्यमा पनि असर पार्ने उनको भनाइ छ । युनिसेफले लेबनानभर सुरक्षित केन्द्र तथा समुदायमा आधारित कार्यक्रममार्फत मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग सेवा विस्तार गरिरहेको जनाएको छ । तर आवश्यकताको तुलनामा उपलब्ध स्रोत निकै कम रहेको संस्थाले उल्लेख गरेको छ ।

साथै युनिसेफले सबै पक्षलाई बालबालिकाको सुरक्षा सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र युद्धविराम कार्यान्वयन कायम राख्न आग्रह गरेको छ।

  • Related Posts

    न्युयोर्कको एम्पायर स्टेट भवनको चुचुरोमा पुगे प्रेमी जोडी, दुवै पक्राउ

    काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध एम्पायर स्टेट भवनको चुचुरोमा सुरक्षा व्यवस्था छल्दै एक प्रेमी-प्रेमिका जोडी पुगेपछि उनीहरू पक्राउ परेका छन् । दुवैले भवनको माथिल्लो भागमा पुगेर ‘जब प्रेमको शक्ति सत्ताप्रतिको…

    विश्वकप जितको उत्सव मनाउदा तीन जनाको मृत्यु

    काठमाडौँ । फिफा विश्वकप फुटबलमा इक्वेडरमाथि मेक्सिकोको ऐतिहासिक जितपछि भएको विजय उत्सवका क्रममा भीडमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 52 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 60 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 29 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 26 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम